२०८१, ३० आश्विन बुधबार

सामुदायिक संस्थाहरुद्धारा बृक्षारोपण

सुर्खेत, साउन २१ ।

logoenayanepalगरीवी निवारण कोषको साझेदारीमा सीमान्तकृत महिलाहरुका लागी महिला संस्था वाम, सर्खेतद्धारा संचालित गरीवी निवारण कार्यक्रम अन्तर्गत वाम, संस्थाले काम गर्ने छ वटा गा.वि.स.हरु मध्ये चार वटा गा.वि.स.हरु मटेला, अवलचिङ्क, रजेना र पाम्का मा रहेका सामुदायिक संस्थाहरुले विभिन्न जातका घाँसका विरुवाहरु बृक्षरोपण गरेका छन ।

गरीवी निवारण कोषबाट प्राप्त सहयोग रकम र सामुदायिक संस्थाको समेत लगानीमा बृक्षरोपण गरीएको हो । सेट्लस किमु जातको ४२५०, भटमासे जातको ४२५० र नेपियर जातको ८५०० गरी जम्मा १७००० घाँसका विरुवाहरु बृक्षरोपण गरीएको छ ।

वातावरणलाई प्रतिकुल असर नपार्ने र आयआर्जजनका लागी पालन गरीएका बाख्राहरुलाई सहज तरीकाले घाँसको उपलब्धता गराउने उद्देश्यका साथ घाँसका बिरुवाहरु बृक्षरोपण गरीएको हो । पाम्का गा.विस.का ४ वटा, मटेलाका ४ वटा, अवलचिङ्कका ४ र रजेनाका ४ वटा गरी जम्मा १६ वटा सामुदायिक संस्थामा घाँसका बिरुवा बृक्षरोपण गरीएको छ ।

कामको चापमा पनि कमी हुने र दिनभरी बाख्राहरुलाई बनमा घुमाएर चराउदा अनेक किसिमका रोगहरु सर्ने, नश्ल सुधारमापनि समस्या हुने र बाख्राका लागी अलग्गै समय दिनपनि नपर्ने कुरालाई मध्य नजर गर्दै घाँसका बिरुवा बृक्षरोपण गरीएको सामुदायिक संस्थाका पदाधिकारीहरुले बताएका छन । बाख्रापालनमा घाँसको महत्वपूर्ण भूमिका हुने हुदा घाँसप्रति सामुदायिक संस्थाहरुको मोह बढेको हो ।

बिस्तारै हरेक बर्ष घाँसको बिरुवाको बृक्षरोपण कार्यलाई थप बढाउदै लैजाने र निकट भविश्यमा नै बाख्रा पालनका लागी टाट्नो सहितको आधुनिक खोर निर्माण गर्ने लक्ष्य रहेको गरीवी निवारण कोष कार्यक्रम अन्तर्गत वामका कार्यक्रम संयोजक लालबहादुर जि.एम.ले जानकारी दिनु भयो।