२०८१, ३० आश्विन बुधबार

खेमा परिवर्तन गरेको छैन ः शाही

logoenayanepalसुर्खेत, साउन २१ ।
नेपाल विद्यार्थी संघका नेता तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पूर्व कार्यबहाक सभापति भक्क शाहीले आफूले खेमा परिवर्तन नगरेको बताएका छन् ।

खेमा परिवर्तनको समाचार प्रकाशित भएपछि उनले विहीबार विज्ञप्ति निकालेर आफू पहिले जुन खेमामा थिए त्यही खेमा रहेको भन्दै आफू संघको जिम्मेवार र इमान्दार कार्यकर्ता भएको बताएका छन् ‘‘म विगतमा जुन खेमामा थिए त्यही खेमामा रहेको जानकारी गराउदै संघको विधान र सिद्धान्तमा हिँड्ने म इमान्दार कार्यकर्ता हुँ ।’’ शाहीको विज्ञप्तिमा भनिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आगामी भदौ ८ गते निर्वाचनको मिति तोकेसंगै मप विश्वविद्यालयमा विद्यार्थी संगठनमा चुनावी सरगर्मी बढिरहेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विभद्यार्थी संगठनहरु पनि चुनावमा होमिएका छन् ।