२०८०, १५ चैत्र बिहीबार

छाप्रेमा सार्वजनिक सुनुवाई

cropped-logo-1सुर्खेत, साउन २० ।
छापे्रेका नागरिकहरुले गाबिसबाट प्रदान गरिने सेवा सुविधाहरुमा पारदर्शिता हुनुपर्ने बताएका छन् । अमेरिकि सहयोग नियोग युसएआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित साझेदारी विकास परियोजना र गो गो फाउण्डेशनको सहकार्यमा गाविस कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले यस्तो आवाज उठाएका हुन् ।

गाविसले गर्ने हरेक विकास निर्माणका कामहरु र प्रदान गर्ने सेवा सुविधाहरुका बिषयमा नागरिकले थाहा पाउन जरुरी रहेको उनीहरुको भनाई थियो ।
सार्वजनिक सुनुवाईमा स्वास्थ्य चौकीमा औषधी अभाव हुनाले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताएका थिए ।

सामान्य औषधीहरु बाहेक अन्य औषधीहरु सधै जसो अभाव हुने गरेको नागरिकको गुनासो थियो । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै गाविस सचिव टोपबहादुर वयकले आगामी दिनमा गाविसले प्रदान गर्ने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

साथै स्वास्थ्य व्यवस्थापन समितिसंग छलफल गरी स्वास्थ्य चौकीमा अभाव रहेका आवश्यक औषधीहरु जिल्लामा माग गर्नका लागि पहल थाल्ने उनको भनाई थियो । गाविस कार्यालयमा छिट्टै नै सुझाव पेटीका राख्ने र गाविसमा काम गर्ने विभिन्न सरोकारवाला निकाय र राजनीतिक दलहरु संग नियमित रुपमा मासिक बैठक बस्ने भनी प्रतिबद्धता समेत जनाईएको छ ।

कार्यक्रममा गाविस सचिव बयक, सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित साझेदारी विकास परियोजनाका जिल्ला संयोजक बिना भट्टराई, स्वास्थ्य चौकीकी अनमी संगीता सुनार, प्रहरी चौकीका हवलदार केबलराम पुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गो गो फाउण्डेशनकी मोहनमाया ढकालले गरेकी थिईन् ।