ती प्रचण्ड, यी पुष्पकमल (फोटो र भिडियो)
श्रावण १९, २०७३- शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दोस्रो पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भएका छन् । कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड अहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री भएका छन् ।
विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् ।
तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार गरिएको ।
२०५१ सालमा एकता केन्द्रका महामन्त्रीको रुपमा प्रचण्ड ।
२०५२ सालमा रोल्पाको पाछावाङमा ।
रोलपाको दार्वोटमा छापामारहरुलाई प्रशिक्षणपछि ।
२०५३ मा रुकुममा गठन गरिएको छापामार स्क्वाडका साथ ।
२०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल । त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए ।
माओवालीले सार्वजनिक गरेको पहिलो स्केच फोटो ।
रोल्पाको कुरेलीमा दाहाल ।
२०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई र टोली ।
सैन्य प्रशिक्षणमा महिला लडाकुहरु ।
२०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा ।
सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु ।
जनयुद्धका धेरै समय भारतमा बसेका प्रचण्ड २०६१ सालमा फर्कंदै ।
२०६१ सालमा भारतबाट फर्कने क्रममा कपिलबस्तुमा ।
२०६१ सालमा रोल्पाको थवाङमा ।
२०६२ मा डा बाबुराम भट्टराईलाई कारवाही गर्ने बैठकमा जाने क्रममा ।
२०६३ भदौमा काभ्रेको कामीडाँडामा ।
२०६३ मा माअाेवादीले काठमाडाैंमा गरेकाे पहिलाे अामसभा ।
२०६३ मंसिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल ।
मंगलबार प्रधानमन्त्रीकाे लागि उम्मेदवारी दिएपछि प्रस्तावक शेरबहादुर देउवासँग हात मिलाउँदै पुष्पकमल दाहाल ।
दाेस्राे पटक प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल ।
कान्तिपुर दैनिकबाट साभार ।