२०८१, ४ जेष्ठ शुक्रबार

चुलोचौकोमा सिमित गाउँका महिला जोवान ढल्केपछि गाविस कार्यालय देख

तस्बीर छलफल केन्द्रमा छलफल गर्दै सहभागी महिलाहरु ।
तस्बीर छलफल केन्द्रमा छलफल गर्दै सहभागी महिलाहरु ।

सुर्खेत, पुस २५ ।लेखराजुल–८ डुङगिखोलाकि कमला खत्री (कौशिला) ६५ वर्ष कि भइन । उनी नागरिकता अनुसार भने ६१ वर्ष पुगिन । यतिका वर्ष उनी घरकै चुलो चौको मै सिमित थिइन । उनका लागि संसार भनेकै घर आगन मात्रै थियो ।

वि.स. २०६४ सालको संविधानसभाको निर्वाचनमा भने उनलाई मतदानका लागि मतदान केन्द्रसम्म पु¥याइयो । जतिबेला उनी ५६ वर्ष पुगिसकेकि थिइन । त्यतिवला पनि उनी आफै मतदान गर्नुपर्छ भनेर भने मतदान केन्द्रसम्म पुगेकि होइनन् ।
खत्री आफ्नो जीवनको उत्तरार्धमा मात्रै गाउँ विकास समितिको कार्यालयसम्म पुगेकिछन् ।

बाह्य संसार त उनका लागि धेरै टाढाको कुरा हो । आफ्नो नामसम्म लेख्न जानेकि उनलाई आफ्नो जोवान ढल्किसकेपछि गाविस कार्यालयमा पुग्न पाउदा खुसी अनुभूति भएको छ ।जे जस्तो भएपनि बेलाबेलामा घर छोडेर आफूले आफ्नै जीवन कालमा आफ्नो गाविस कार्यालय देख्न पाएको भन्दै खत्रीले खुसी व्यक्त गरिन् ।

आफूहरुलाई घरबाहिरको काम गर्नुपर्छ भन्ने कुरा कसैले नसिकाएकोले यतिका वर्षवर्ष घर भित्रैको काम गर्ने गरेको बाहिरको सबै पुरुषले नै गर्ने गरेको भन्दै उनले अहिले महिलाहरुले पनि बाहिरको काम गर्नुपर्ने रैछ, टाँठोबाठो हुनुपर्दाेरैछ, पढ्नु पर्दाेरैछ भन्ने लागेको उनले बताइन ।

तर अब आफ्नो जोवान ढल्किसकेको भन्दै उनले आफूमा अहिले आएको जागरण अधबैसे हुँने वेलासम्ममा भएपनि आएको भएपनि धेरै ठाउँ चिन्ने, धेरै काम गर्ने अवसर पाउने थिए भन्दै खत्रीले पश्ताचाप गरिन् । ‘‘डाँडा गाउँले दाइकि साली गैरी गाउँकी लछी, क्या राम्रो व्यवस्था आयो मेरोे जोवान गएपछि,’ उनले गीत बाटै पश्चाताप गरिन्–‘तेरा गाइले दुध दिनैन गाई दोइ लिइया कन्र्या, यति नाम्रो व्यवस्था त पहिल्यै आउनुपर्ने ।’’

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले अक्सफामको सहयोगमा ढाइ वर्ष अगाडिदेखि संचालन गरेको महिला नेतृत्व कार्यक्रमले कौशिलाको जीवनमा जागरण ल्याएको हो । अहिलेसम्म मतदान बाहेक अन्य कुनै काममा बाहिर नगएकी उनलाई बेलाबेलामा गाविस कार्यालयमा समेत महिला नेतृत्व कार्यक्रम अन्तरगत संचालित लालिगुराँस सामुदायिक छलफल केन्द्रले गराएको हो ।

छलफलफल केन्द्रमा महिला नेतृत्व सम्बन्धी कुरा हुने भएकोले उनलाई पनि महिलाहरु घर बाहिर पनि जानुपर्छ भन्ने थाहा भयो । छलफल केन्द्रबाट साँस्कृतिक कार्यक्रममा सहभागी हुन आफू गाविस कार्यालयसम्म पुगेको खत्रीले बताइन ।
गाउँका महिला एक किसिमले बर्षाैदेखि घरभित्र कै जेलमा कैद भएकाछन् । डुङ्गिखोला कै जैसरा रावत पनि ४० वर्ष पछि मात्रै आफ्नो गाविसको कार्यालयसम्म पुगिन ।

यतिका वर्षसम्म आफू घरकै काममा सिमित भएको भन्दै उनले ४० वर्ष पछि गाविस कार्यालयमा गएको बताइन । छलफल केन्द्रबाट साँस्कृतिक कार्यक्रममा आफू गाविस कार्यालयसम्म पुगेको उनको भनाई छ । आफू गाविस कार्यालय भन्दा टाढा अन्त कतै नगएको उनले बताइन । महिलाहरुलाई आर्थिक अधिकार समेत नहुँदा श्रीमानको आदेश विना आफूहरु बाहिर कतै नगएको रावतको भनाई छ ।

‘‘४० वर्षपछि म यहस् छलफल केन्द्रबाट साँस्कृतिक कार्यक्रममा गाविससम्म पुगे,’ उनले भनिन्–‘हामीलाई कसैले बाहिर जानुपर्छ पनि भनेन, श्रीमानले भनेको काम ग¥यौं, घरमै बस्यौ, छलफल केन्द्रमा पुगेपछि मात्रै बाहिर निस्किन थालेका हौ ।’’
अझै लेखपराजुलको डुङगिखोलाम जस्तै ग्रामीण क्षेत्रमा कौशिला र जैसरा जस्ता थुप्रै महिलाहरु छन्, जसले घरभन्दा बाहिरको संसार देखेका छैनन् । उनीहरु कुनै महत्वपूर्ण मतदान बाहेक घर बाहिर निस्किएका छैनन् । युवा अवस्था नभएपनि गाविस कार्यालयसम्म देख्न पाएको भन्दै जैसराले आफूहरु अन्य महिलाहरुलाई पनि महिला सशक्तिकरणका लागि सिकाउनुपर्ने बताइन ।

महिला नेतृत्व अन्तर्गत लालिगुराँस सामुदायिक छलफल केन्द्र कि सहजकर्ता सुमित्रा डाँगीले अहिले गाउँका महिलाहरुमा जागरण आएको बताइन । महिलाहरुलाई सशक्ति गर्नका लागि छलफल केन्द्रमा धेरै कुरा सिकाइने गरेको भन्दै उनले धेरै महिलाहरुले यस्ता कार्यक्रम पहिल्यै आएको भए आफूहरुमा ठुलो परिवर्तन हुने भन्दै गुनाशो गर्ने गरेको उनको भनाई छ ।
पहिले गाविस कार्यालय समेत नदेखेका स्थानीय महिलाहरुले अहिले भने आफै स्थानीय संरचनामा नेतृत्व समेत गरेका छन् । सिँचाई कुलो निर्माण, वडा नागरिक मञ्च, सचेतना केन्द्र लगायतको नेतृत्व समेत महिलाहरुले गर्न थालेका छन् । यति मात्र नभएर जाँडरक्सी तथा जुवातास नियन्त्रणमा महिलाहरु अग्रसर भएकाछन् ।

महिला हिंसा, घरेलु हिंसा नियन्त्रण, बालविवाह, बहुविवाह नियन्त्रणका लागि पनि महिलाहरुले अभियान चलाउने गरेकाछन् । छलफल केन्द्र मै सहभागी टीका वलीले अहिले सामाजिक काममा पनि आफूहरु अग्रसर हुन थालेको भन्दै व्यक्तिगत घटना दर्ता गर्ने, नागरिकता बनाउन पहल गर्ने काम पनि गरिरहेको बताइन ।

सम्बन्धित समाचार