२०८१, १६ मंसिर आईतवार

ठुलिदिदीले देखाईदिइन शिक्षाको बाटो

NP
                                                               तस्बीर ः कार्यक्रममा सहभागी ठुलिदिदीहरु र बहिनिहरु ।

सुर्खेत, साउन १६।
उनी कक्षा ७ मा पढ्थिन । उमेरले १४ वर्षकी मात्रै थिइन । तर उनले बाटो बिराईन । १४ वर्षकै उमेर पढाइ छोडेर विवाह गरिन् । विवाह गरेपछि उनी घरकै दैलोकुचोमा सिमित भईन । विद्यालय जान छोडिन ।

६ महिना पछि । ठुली दिदीहरुले पूर्णिमा बिकलाई भेटे । पूर्णिमा विद्यालय नजानुको सबै कारण उनीहरुले पत्ता लगाए । सम्झाए, बुझाए । अन्ततः ठुलिदिदीहरुले पूर्णिमाले बिराएको शिक्षाको बाटो देखाइदिए । दशरतपुर गाविसको गमखोलमा रहेको माध्यामिक विद्यालयमा ६ महिना पछि पुनः पूर्णिमाले पढ्न सुरु गरेकिछन । ठुलीदिदीले आफूले बिराएको शिक्षाको बाटो देखाइदिएको भन्दै पूर्णिमाले अब पढेर आत्मनिर्भर बन्ने अठोटसमेत संगालेकिछन् ।

‘‘म १४ वर्ष हुँदा ७ कक्षामा पढ्दै गर्दा विवाहा गरे,विहे गरेपछि पढाई पनि छोडे’ पूर्णिमाले भनिन्–‘६ महिना पछि ठुलिदिदीहरुले भेटेर विद्यालय जान पर्छ भनेर सम्झाए, अहिले म विद्यालय गइरहेकिछु, अब पढेर आत्मनिर्भर बन्छु भन्ने सोचेकिछु ।’’ उनले अब ठुलि दिदीहरुले देखाइदिएको शिक्षाको बाटो नबिर्सने भन्दै निरन्तर पढ्ने बताइन । अहिले विद्यालयमा पनि साथीहरुले पढ्न पर्छ भन्ने हौसला दिएर सहयोग गर्ने गरेको पूर्णिमाले बताईन ।
हरिहरपूरकी मंगला बुढा पनि पारिवारिक समस्याका कारण पढ्न छोडिन ।

घरमा बुवाले जाँडरक्सि खाएर पढ्न नजा, म पढाउन सक्दिन भनेपछि उनी पढ्न जान छोडिन । विद्यालयको पोशाक र कापी डट्पेन नै नकिन्दिने भएपछि उनले १७÷१८ महिना विद्यालय गइनन् । साढे एक वर्ष पछि उनलाई पनि ठुलिदिदीहरुले भेटे । उनीहरुले मंगलाका बुवालाई भेटेर सम्झाए । तर पनि उनले आफूले पढाउन नसक्ने अडान लिए ।

बुवाले नपढाएपनि पढाइ छोड्न हुन्न भनेर ठुलिदिदीहरुले सम्झाएपछि मंगला अहिले मामाको घरमा बसेर पुनः पढ्न थालेकिछन । पढ्नुपर्छ भन्ने कुरा ठुलिदिदीहरुबाट थाहा पाएपछि अहिले आफूले घर छोडेर भएपनि पढ्न थालेको मंगलाले बताईन । ‘‘मैले पढ्न छोडेको डेढ वर्षपछि ठिलिदिदीहरुले मलाई पढ्नु पर्छ भनेर सम्झाउनुभयो, बुवालाई पनि सम्झाउनुभयो तर मान्नु भएन,’ उनले भनिन्–‘पढ्नुपर्छ भन्ने थाहा भएपछि अहिले म मामाको घरमा बसेर पढिरहेकि छु ।’’

ग्लोबल एक्सन नेपालले सुर्खेतमा संचालन गरेको बैनि शिक्षाका लागि दिदी कार्यक्रमले यसरी नै बिचैमा विभिन्न कारणले पढ्न छोडेका बालिकाहरुलाई पुनः बिद्यालय फर्काएको छ । कार्यक्रममा ठुलिदिदीको भूमिकामा रहेका छात्राहरुले पढाई छोडेका साना बहिनीहरुको पढाइ छोड्नुको कारण पत्ता लगाएर पढ्न प्रेरित गर्ने गरेका छन् । उनीहरुले समस्या पत्ता लगाएर समस्याको समाधान गर्न पहल गर्ने र विद्यालय जाने वातावरण बनाउने गरेका छन् ।

यो कार्यक्रमबाट बालिका शिक्षाका चुनौतिहरुको पनि पहिचान गरिएको छ । बालविवाह, सिकाई स्तरमा अन्तर, संचारको दुरुपयोग, शैक्षिक सामग्रीहरुको उपलब्धता नहुनु, भौगोलिक विकटता, आर्थिक समस्या, बालिका मैत्री शौचालय नहुँनु, अभिभावकको चासो नहुनु, लगायत रहेको कार्यक्रम संयोजक यादब भुषालले बताए ।

यस्तै अन्य सरोकारवालाहरुले पनि अभिभावकहरुमा चेतनाको कमी भएकोले सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने र बालिका शिक्षाका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । यहाँको वीरेन्द्रनगरमा शनिबार भएको बालिका शिक्षाका अवसर र चुनौती विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुल ेआआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा सहयक प्रमुख जिल्ला अधिकारी ग्रगाप्रसाद न्यौपाने, सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मी, नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष पदमप्रसाद गौली, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष हरीप्रसाद अधिकारी लगायतका सरोकारवालाहरुले आफ्नो कार्यलयबाट बालिका शिक्षाका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा बालिकाहरु रउनीहरुका ठुलिदिदीहरु लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।