२०८१, १८ चैत्र मंगलवार

सल्लाहाकार समितिको बैठक सम्पन्न

cropped-logo-1सुर्खेत, साउन १६ ।
यूरोपिन कमिशनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा संचालित ‘बाधा अबरोधहरु हटाऔंः शिशु बालिकाको अधिकार संरक्षण गरांै’ परियोजनाको सल्लाहाकार समितिको बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । परियोजनाले हालसम्म संचालन गरेको क्रियाकलापको समिक्षा र आगामी गर्ने कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।

बैठकमा परियोजनाका जिल्ला बाल संरक्षण अधिकृत शुभेच्छा खड्काले परियोजनाले हालसम्म गरेका कार्यक्रमहरुको बारेमा जानकारी दिएकी थिइन । उनले परियोजनाले ५ वर्ष मुनिका बालिकाहरुको अधिकार र संरक्षणका साथै लिङ्ग पहिचान गरेर गरिने गर्भपतन न्यूनिकरण गर्नका लागि समुदायमा पहल तथा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिइन ।

खड्काले परियोजना लागु भएका सहारे, मेहेलकुना, दथरथपूर, सालकोट, बाबियाचौर र वीरेन्द्रनगर नगरपालिकामा रहेका पाँच वर्ष मुनिका बालिकाहरुलाई आपत्कालिन सहयोग पनि गरिएको बताइन् । उनले जोखिममा परेका महिलाहरुलाई मनोसामाजिक परामर्श पनि दिदै आएको बताइन् ।
कार्यक्रममा सल्लाहाकार समितिका सदस्यहरुले कार्यक्रम समुदायसंग समन्वय गरेर संचालन गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले लिङ्ग पहिचान गरेर गरिने गर्भपतनलाई गैरकानुनी हो भनेर समुदायमा बुझाउन आवश्यक रहेको उनीहरुले बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका लोकबहादुर शाही र डिएसपी बहादुरजंग शाही, गैसस महासंघ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारी, आवाज संस्था सुर्खेतका पवित्रा शाही, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतको उपस्थिति रहेको थियो ।