२०८१, २३ बैशाख आईतवार

आव ०७४÷०७५ का लागि योजना तर्जुमा गोष्ठी, सुर्खेतमा सवा २ अर्व बजेट प्रस्ताव

ddcसुर्खेत । आर्थिक वर्ष २०७४÷०७५ का लागि जिल्ला विकास समिति सुर्खेतले पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
जिल्ला विकास समितिले अगामी आर्थिक वर्षका लागि मार्गदर्शन र बजेट प्रस्ताव गरिएको हो । प्रस्तावित बजेट शिलिङको बारेमा सरोकारवालाहरुले सुझाव दिएका छन् ।

जिल्ला विकास समिति सुर्खेतले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि जम्मा २ अर्व २४ करोड ३६ लाख १७ हजार बजेट प्रस्ताव गरेको छ । बजेट शिलिङमा चालु एक अर्व ४३ करोड ९१ लाख ४५ हजार र पुँजीगत ८० करोड ४४ लाख ७२ हजार रहेको उल्लेख गरिएको छ ।

उक्त आर्थिक वर्षका लागि जिल्ला विकास सतिले विभिन्न बिसिमका ३८ वटा कार्यक्रमहरु प्रस्ताव गरेको छ । जिल्ला विकास समिति अनुदानका लागि चालुतर्फ मात्रै बजेट रहेको छ । जुन ६ करोड २९ लाख १८ हजार रहेको छ । यस्तै गाविस अनुदान चालु नै २५ करोड ५६ लाख ९६ हजार, ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमका लागि चालुतर्फ २९ लाख ८१ हजार र पूजीगततर्र्फ ८२ लाख ९८ हजार बजेट प्रस्ताव गरिएको छ ।

जिल्ला विकास समितिले प्रस्ताव गरेको बजेटमा स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमका लागि चालुतर्फ चार लाख २ हजार र पूँजीगत तर्फ ५ करोड २८ लाख ८६ हजार, झोलुङगे पुल क्षे गत कार्यक्रमका लागि चालु तीन करोड ं३६ लाख ८६ हजार र पूँजीगत तर्फ ६ करोड ६६ लाख ९६ हजार बजेट प्रस्ताव गरिएको छ ।

स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि ३२ हजार चालु र ५ करोड ६९ लाख १० हजार पुँजीगततर्फ रहेको छ भने साना सिंचाई, नदी नियन्त्रण तथा अन्य पूर्वाधारका लागि चालु बजेट २१ हजार र पूँजीगत तर्फ ९० लाख ४४ हजार, राष्ट्रिय ग्रामण यातायात सुदृढिकरण कार्यक्रमका लागि चालुतफ ३९ लाख ३७ हजार र पूँजीगततर्फ २० करोड, ९८ लाख ६१ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

गरिबसंग विश्वेश्वर कार्यक्रमका लागि चालुँ बजेट २४ लाख ३४ हजार, निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालू बजेट दश करोड ५० लाख, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकका लागि पुँजीगत २ करोड ३९ लाख ७९ हजार, संस्कृति प्रबद्र्धन कार्यक्रमका लागि चालू एक करोड १३ लाख ४१ हजार र पूँजीगततर्फ ५ लाख ९७ हजार बजेट जिल्ला विकास समिति सुर्खेतले प्रस्ताव गरेको छ ।

यस्तै जिल्ला विकास समितिले प्रस्ताव गरेको बजेटमा शान्तिका लागि विकास कार्यक्रमका लागि जम्मा एक करोड २ लाख ८९ हजार, स्थानीय शान्ति समितिका लागि २८ लाख २५ हजार, नगरपालिका अनुदान १८ करोड ४१ लाख ७८ हजार, स्थानीय विकास शुल्क कोषका लागि चार करोड ४८ लाख ३२ हजार रुपैयाँ प्रस्ता गरिएको छ ।

यसै गरी अन्य कार्यक्रमहरु विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि ४० करोड ७९ लाख १९ हजार, घरेलु तथा साना उद्योग विकास कार्यक्रमका लागि एक करोड ८८ लाख २६ हजार, कृषि प्रसार कार्यक्रमका लागि चार करोड १७ लाख ९५ हजार, घर बगैँचा कार्यक्रमका लागि १७ लाख ४७ हजार, ग्रामीण खानेपानी आयोजनाका लागि ८१ लाख ४० हजार, खानेपानी तथा सरसफाई कार्यक्रमका लागि १७ करोड ६७ लाख ३३ हजार, उच्च मध्यमस्तरीय ठुला खानेपानी आयोजनाका लागि एक करोड ७३ लाख २५ हजार, पर्यटन पूर्वाधार विकास आयोजनाका लागि एक करोड ४६ लाख ६६ हजार, पुरातात्विक संरक्षणका लागि ४८ लाख २९ हजार, पशुसेवा प्रसार कार्यक्रमका लागि तीन करोड ७० लाख ६५ हजार, जिल्ला भूसंरक्षण कार्यक्रमका लागि एक करोड २१ लाख ९१ हजार, सामुदायिक तथा कवुलियत वन विकास कार्यक्रमका लागि ५९ लाख ५५ हजार रुपैयाँ बजेट रहेको छ ।

प्रस्तावित बजेटमा राष्ट्रिय ग्रामीण तथा नविकरणीय उर्जा कार्यक्रमका लागि ९ करोड, ५३ लाख ४६ हजार, क्षेत्रीय तथा पर्यटकीय महत्वका सडकहरुका लागि ६ करोड ९ लाख ७१ हजार, अन्य सहरी सडकका लागि ८७ लाख २२ हजार, महिला विकास कार्यक्रमका लागि २ करोड ४६ लाख ५९ हजार, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका लागि ९ लाख ६० हजार, राष्ट्रिय तालिम कार्यक्रमका लागि तीन लाख ९७ हजार रुपैयाँ बजेट रहेको छ ।

एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमका लागि १३ करोड ७४ लाख २३ हजार, क्षयरोग नियन्त्रणका लागि ४२ लाख २८ हजार, आयूर्वेद सेवा कार्यक्रम ९२ लाख ८२ हजार र खेलकुद विकास कार्यक्रमका लागि ५५ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

यसैबीच स्थानीय विकास अधिकारी अमृत लम्सालको सभापतित्व तथा सांसद खड्क बयालको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा सहभागी सरोकारवालाहरुले प्रस्तावि बजेट तथा मार्गनिर्देशनको सही कार्यान्वयन गर्न सुझाव दिएका थिए । कार्यक्रममा जिल्लाका राजनीतिक दलहरुका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।
तस्बीर छ ।

सम्बन्धित समाचार