२०८१, २३ बैशाख आईतवार

१० कक्षाका विद्यार्थी पढाउँदै जिल्ला शिक्षा अधिकारी, विद्यार्थीलाई असल योजना बनाएर बढ्न सुझाव

jjjjjसुर्खेत । शुक्रबार, दिउँसो करिब साढे २ बजे । जनता माध्यामिक विद्यालय विद्यापूर–४ सुर्खेत । कक्षा १० मा एक जना नयाँ मान्छे प्रवेश गर्दा विद्यार्थी अचम्मित भए ।

भिआइपि जस्तै देखिने मान्छे कक्षा कोठामा प्रवेश गरेपछि विद्यार्थीहरुले अनुशासित हुँदै ‘गुड आफ्टुनुन’ को स्वर निकाले । नयाँ व्यक्ति जसको पहिलो प्रवेश थियो । उनले गुड आफ्टुनन स्वीकार गर्दै धन्यवाद दिदै भने–‘गुडआफ्टुनन्, थ्याङक्यू, बस्नुहोस ।’  कक्षा कोठामा प्रवेश गर्ने नयाँ मान्छे अरु कोही नभएर सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाह थिए । जिल्लाका विद्यालयहरुका प्राध्यानाध्यपकहरुसंग भेटघाट तथा करार सम्झौता गर्न दौडाहामा हिडेका जिल्ला शिक्षा अधिकारीले शुक्रबार भने कक्षा १० का विद्यार्थीहरुसंग छलफल गरे ।

जनता मावि विद्यापुरमा करिब आधि घण्टा कक्षा लिएका उनले सफलताका सुत्रसहित १० कक्षाका विद्यार्थीहरुलाई पढ्ने तरिकाहरु सिकाए । पढाईप्रति विद्यार्थीहरुलाई उत्प्रेरणा दिदै जिल्ला शिक्षा अधिकारी शाहले योजना विना कुनै पनि कार्य सफल नहुने बताए । उनले विद्यार्थीहरुलाई सहजै रुपमा सफलता प्राप्त गर्न तथा उत्कृष्टताका लागि योजना बनाएर काम गर्न प्रेरणा दिए । उनले मैले यति प्रतिशत वा यो ग्रेडमा उत्तीर्ण हुन्छु भन्ने योजना बनाएर पढे असफल नहुने भन्दै विद्यार्थीहरुलाई योजना बनाएर पढ्नुपर्ने बताए । ‘‘म सफल हुन्छु भन्ने योजना बनाउनुहोस,’ उनले भने–‘योजना बनाएर लाग्नुभयो भने तपाईहरु कहिले पनि फेल हुनुहुन्न ।’’

बुवा आमा र शिक्षकले आफ्नो सन्तान र विद्यार्थी सफल होस् भन्ने चाहना राखेको भन्दै शाहले विद्यार्थीहरुलाई बुवाआमा र गुरुको आशा र चाहनालाई खेर नफाल्न आग्रह गरे । उनले पढ्छु भन्ने तर असफल हुने गर्दा अभिभावक र शिक्षकहरुलाई ढाटेको प्रमाणित हुने भन्दै आफ्नो जिन्दगीका लागि राम्रो सोच्ने शिक्षक र अभिभावकहरुलाई कहिल्यै ढाट्न नहुने बताए । उनले जे सोच्यो त्यही गर्न सकिने भन्दै विद्यार्थीहरुलाई विग्रने कारण पनि अरु कोही नभई आफै हुने बताए ।

१० कक्षामा पढ्ने विद्यार्थीहरुलाई के ठिक र के वेठिक हो भन्ने कुरा समेत थाहा हुने भएकोले आफै आफ्नो भविष्यप्रति चिन्तित भएर लाग्न सुझाव दिए । उलने विद्यार्थीहरुलाई आफ्नो गुरु आफै हुन सुझाव दिए । ‘‘तपाई अरु कसैको कारणले विग्रने होइन, तपाईहरुलाई के ठिक के बेठेक भन्ने थाहा छ ।’ उनले भने–‘तसर्थ तपाँईहरु आफ्नो गुरु आफै बन्नुहोस, मेरा कम्जोरी यी हुन यीनलाई म सच्याउनु भन्नुहोस र योजना बनाएर लाग्नुहोस, असफल कहिल्यै हुनुहुन्न ।’’

उनल कक्षा १० का विद्यार्थीहरुलाई चौवाटोमा भएको भन्दै कुन बाटो जाने हो त्यसका पहिचान गर्न सक्नुपर्ने बताए । संसारका वेकुव हिड्ने बाटो, चर्चित सफल व्यक्ति हिड्ने बाटो, माग्ने हिड्ने बाटो, वचोर फटाह हिँड्ने बाटोको चोकमा रहेको भन्दै विद्यार्थीहरुलाई उनले असल बाटो समात्न आग्रह गरे । ‘‘ यतिवेला तपाईहरु चौबाटोमा हुनुहुन्छ, संसारका वेकुव हिड्ने बाटोमा पनि तपाईहरु हुनुहुन्छ, संसारकै इमान्दार र चर्चित मान्छे हिड्ने बाटोमा पनि तपाई हुनुहुन्छ, कुन बाटोमा हिड्ने बिचार गर्नुहोस ।’’

उनले असल मान्छे बन्न नसकेकाहरु उनीहरुले चाहेर खराब मान्छे नभएको भन्दै असल सोच र असल योजनाका साथ असल मान्छे बन्ने बाटो हिँड्ने नसकेकोले असल भएकोले असल बाटो पक्रन अनुरोध गरे । ‘‘जो असल बाटो हिडेनन्, असल बन्ने योजना बनाएनन् उनीहरु खराब बने,’ उनले भने–‘तपाईले यस्ता योजना बनाउनुहोस जसले असल बाटो देखाइदिनेछन, अनि सफल र असल व्यत्तिः हुनुहुन्छ ’’

जिल्ला शिक्षा अधिकारी शाहले सुरुमा कक्षामा पढ्दा विद्यार्थीहरुलाई प्रश्न गरे–‘तपाईहरु कतिले अबको फाइनल परीक्षामा ‘ए’ ग्रेड ल्याउछु भन्ने योजना बनाउनुभएको छ ?’’ यो प्रश्नमा केही समय पछि मात्रै दुई जना विद्यार्थीहरुले हात उठाए । तर जिल्ला शिक्षा अधिकारी शाहले आफ्नो कक्षाको अन्तिममा त्यही प्रश्न दोहो¥याउदा करिब एक जर्दन विद्यार्थीले हात उठाए ।

विद्यार्थीहरुले योजना बनाए सफल हुने विश्वासका साथ हात उठाएका थिए । विद्यार्थीहरुलाई जिल्ला शिक्षा अधिकारी आफै कक्षा कोठामा पुगी यसरी उत्प्रेरणा दिएपछि विद्यार्थीहरु पनि सिकाईका लागि उत्प्रेरित भएका थिए ।

सम्बन्धित समाचार