२०८१, २३ बैशाख आईतवार

डोल्पाका १ सय १५ बिद्यालयमा पठन सामाग्री वितरणगर्दै यु.एस.ए.आई.डी

downloadडोल्पा । यहाँका गाँउ गाँउमा रहेका बिद्यालयहरुमा यु.एस.ए.आई.डीले पठन सामाग्री वितरण सुरु गरेको छ । संस्थाको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत यहाँका ११५ बिद्यालयका ४ हजार १ सय ८० बिद्यार्थीको पहँुचपुग्ने गरि पठन सामाग्री वितरण सुरु गरिएको ई.जिं.आर.पी डोल्पा संयोजक रणबहादुर कार्कीले बताउनुभयो ।

१ देखि ३ कक्षा सम्मका बिद्यार्थीहरुको सिकाई सिप विकासकालागि प्रत्येक बिद्यालयहरुमा ५ सय ९४ थानका दरले पठन सामाग्री वितरण सुरु गरिएको कार्कीले बताउनुभयो । अगुवा सहित ७ वटा स्रोत केन्द र जिल्ला शिक्षा कार्यालयमा समेत वितरण गरिएको र कार्यक्रम डोल्पा सहित देशका १६ जिल्लामा लागुभएको समेत उहाँले बताउनुभयो ।

वालबालिकाको मनोबिज्ञानलाई ध्यानमा राख्दै बैज्ञानिक तरिकाले निर्माण गरिएका यस्ता शैक्षिक सामाग्रीहरुले अवस्यपनि यहाँका बालबालिकाको सिकाई सिप विकासकालागि महत्वपुर्ण योगदान पु¥याउने अपेक्षा राखिएको त्रिपुरा माध्यामिक बिद्यालयका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।

सम्बन्धित समाचार