२०८१, १६ चैत्र आईतवार

दैनिक १ अर्ब ८१ करोडको सेयर कारोबार

marketकाठमाडौं  साताभर नेप्सेमा ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही महिनायता नेप्से परिसूचक निरन्तर बढिरहेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि दैनिक औसत १ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुन थालेको छ । यसै सातादेखि नेप्सेले कारोबार समय १ घन्टा बढाएको छ । यसले पनि कारोबार रकम वृद्धिमा सहयोग पुगेको हो । गत सोमबार र मंगलबार २र२ अर्ब रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजार प्रभावित हुने अनुमान गरिएका थिए । तर, ती अनुमानविपरीत सेयर कारोबार निरन्तर रूपमा बढेर हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोही कारण मंगलबार नेप्से १ हजार ८ सयमाथि पुगेर बन्द भयो । मौद्रिक नीतिले थोक कारोबार गर्ने लघुवित्त बैंकहरूको चुक्ता पुँजी वृद्धि गर्नुका साथै कर्जा निक्षेपबीचको ब्याज अन्तर ९स्प्रेड० ७ प्रतिशत तोक्ने घोषणा गरेको छ । यसले लघुवित्त बैंकहरूको मुनाफा प्रत्यक्ष रूपमा प्रभावित हुनेछ । यस्तै, सेयर लगानीका लागि दिइने कर्जा ९मार्जिन लेन्डिङ० मा पनि कडाइ गरिएको छ । यसकारण पनि नेप्से घट्ने आकलनहरू गरिएका थिए । तर, बजारले सकारात्मक बाटो समातेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो साता पाँचै दिन सेयर बजार खुल्यो । उक्त अवधिमा १ सय ५१ कम्पनीका सेयर कारोबारमा आए । ४२ हजार ७ सय २४ वटा कारोवारबाट १ करोड ४६ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भए । कारोबारमा आएकामध्ये १ सय ४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ३८ कम्पनीको सेयर मूल्य घट्यो र बाँकी साप्ताहिक कारोबारमा सेन्सेटिभ परिसूचक ९क वर्गका कम्पनीको सेयर कारोबार मापक० १२ दशमलव ८ अंकले बढ्यो । यस्तै, फ्लोट परिसूचक ९कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक० ४ दशमलव ८९ अंकले उक्लियो ।

साप्ताहिक कारोबारमध्ये ५३ प्रतिशत हिस्सा बैंकिङ समूहको रह्यो । त्यसपछिको बजार हिस्सा बिमा र विकास बैंकअन्तर्गतका कम्पनीहरूले ओगटे । यो साताको कुल कारोबारमा बिमा समूहको हिस्सा करिब १८ प्रतिशत र विकास बैंक समूहको हिस्सा साढे १५ प्रतिशत रहयो । वित्त समूहको अंश २ दशमलव २ प्रतिशत, होटलको ० दशमलव ५६ प्रतिशत, जलविद्युत्को ६ दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ० दशमलव २१ प्रतिशत र संस्थापक सेयरको हिस्सा ३ दशमलव २६ प्रतिशत रहयो ।

साप्ताहिक कारोबारमा आएकामध्ये जलविद्युत् र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेको छ । तीमध्ये पनि बिमा र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाए । साप्ताहिक कारोबारमा बिमा समूहको परिसूचक करिब ३ सय ७८ अंकले बढ्यो । यस्तै, उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताको सम्पत्ति पनि करिब २ सय ७ अंकले बढ्यो । त्यसपछि धेरै कमाउनेमा बैंकिङ समूहका लगानीकर्ता परे । साप्ताहिक कारोबारमा यो समूहको परिसूचक साढे ७० प्रतिशतले बढ्यो ।

होटल, वित्त कम्पनी र विकास बैंक समूहको परिसूचक क्रमशस् १२ दशमलव ७४, १२ दशमलव ५४ र २८ दशमलव २३ अंकले बढे । तर, जलविद्युत् र ‘अन्य’ समूहका लगानीकर्ताहरूका लागि यो साता सुखद रहेन । जलविद्युत् समूहका लगानीकर्ताले १७ दशमलव २३ अंक र ‘अन्य’ समूहका लगानीकर्ताले ३८ दशमलव १७ अंकले नोक्सान बेहोर्नुपर्‍यो ।