२०८१, १४ चैत्र शुक्रबार

प्राकृतिक पुलमुनिबाट हेरौँ ‘चाँदी जस्तो मनोरम झरना’

kf]v/fsf] kftn] 5fFuf] kf]v/f 5f]/]kf6gl:yt ko{6sLo:yn kftn] 5fFuf] . 5fFuf] x]g{sf nflu o; 7fpFdf b}lgs :jb]zL tyf ljb]zL ko{6s cfpg] u/]sf 5g . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

पोखरा : ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ ।

विश्वको एक मात्र राजमार्गमा रहेको प्राकृतिक पुलको उत्तरपट्टि डेभिजफल र दक्षिणी भागमा गुप्तेश्वर महादेव गुफा अचम्मको संगम भएको कारण यस ठाउँमा पर्यकटको आकर्षक बढेको हो ।
गुप्तेश्वर गुफाबाट लगभग दुई सय मिटरभित्र पसेपछि सिद्धार्थ राजमार्ग छेउमा प्राकृतिक पुलमुनिबाट झण्डै ६० मिटर भन्दा बढी गहिरो मनोरम पातले छागो(डेभिजफल) को स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ ।

मनोरम पातले छाँगो (डेभिजफल) र गुप्तेश्वर महादेव गुफाको भरपूर उपयोग गरी महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गरिए पनि बीच भागमा अवस्थित राजमार्गको प्राकृतिक पुलले भने अहिलेसम्म चर्चा पाउन सकेको छैन ।

पातले छाँगा (डेभिजफल) बाट झरेको पानीको बहावले तल्लो भागको जमिनलाई काटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुन सक्ने भुगोलविद् प्रा डा कृष्ण केसीको बताउँछन्।

‘अन्नपूर्ण र माछापुच्छे्र« हिम श्रृङ्खलाको आसपासमा रहेका हिमतालहरु फुट्दा आएको भीषण वाढीको कारण पोखरा उपत्यकाको उत्पत्ति भएको हो,’ उनले भने – ‘त्यही समयमा नै डेभिजफल, गुफा र उक्त पुलसँगै बनेको हुनुपर्छ ।’

माथिल्लाको भागमा सानो धाँजा फाटेको स्थानबाट मानिसहरु फड्केर वारिपारि गर्ने गरेकाले सो स्थानलाई त्यसै समयदेखि फड्के नामकरण गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् ।

सिद्धार्थ राजमार्ग निर्माणका क्रममा सो स्थानलाई ढुङ्गा र माटोले पुरेपछि यातायातको सुविधा पुगेको बताउँदै उनले भने – ‘सिमेन्टको पुलबाट मात्र हैन प्रकृति निर्मित पुलबाट पनि मानव निर्मित यातायातका साधन निर्वाध गुड्न सक्दछन् भन्ने यो ज्वलन्त उदाहरण हो ।’

गुप्तेश्वर महादेव गुफाबाट भित्र पसेपछि सुरुमा शेषनाग सहितको भगवान् शिवको सालिक देखापर्छ । त्यस स्थानबाटभित्र साँघुरो गुफाबाट पसेपछि प्राकृतिक पुलमुनि फराकिलो भाग रहेको ठाउँ छ जहाँबाट मनमोहक झरना देखिन्छ ।

सो स्थानसम्म पुग्न गुफा व्यवस्थापन समितिले सुविधा सम्पन्न बाटो र विद्युत्को समेत व्यवस्था गरेको छ भने प्रति टिकट एक सय रुपैयाँ लिने गरेको छ ।

गुफाको आम्दानीबाट समितिले विभिन्न सामाजिक विकास निर्माणका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालन गर्दै आएको छ ।

प्राकृतिक पुलको माथिल्लो भागमा छोरेपाटन उच्च माविद्वारा व्यापारिक दृष्टिकोणले निर्माण गरिएका ३७ वटा पसल कवलको भाडा र पातले छाँगोमा प्रवेश गर्ने आन्तरिक एवम् वाह्य पर्यटकले तिर्ने शुल्कबाट वार्षिक ७० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेल बताउनुहुन्छ ।

फेवातालबाट वर्षाका समयमा आउने पानीको ठूलो बहावले जमिनको भित्री भाग खोलेर भू–बनोट कमजोर बनाएकाले सो क्षेत्रमा उचित ढल निकासका साथै आसपासमा भौतिक संरचना निर्माणमा सम्बन्धित निकायले बेलैमा सोच्न आवश्यक रहेको छ ।

पर्यटकीय स्थलको दोहन मात्र नभई त्यसको संरक्षण, सम्बद्र्धन र विकासमा जोड दिइनुपर्ने र तीनवटै प्राकृतिक श्रोतलाई एक साथ विकास गरिनु पर्ने यस क्षेत्रका विज्ञहरुको धारणा रहेको छ ।

रासस