२०८१, २४ चैत्र सोमबार

हरिण शिकार काण्डमा सलमानलाई सफाइ

salman-jail-3१० साउन, एजेन्सी ।

राजस्थानमा हरिण शिकार गरेको आरोपमा मुद्धा खेपिरहेका बलिउड अभिनेता सलमान खानलाई राजस्तान उच्च अदालतले सफाइ दिएको छ । उनीविरुद्ध सुनाइएको १ वर्ष र ५ वर्षको जेल सजाय पनि अदालतले खारेज गरिदिएको छ ।

सुल्तान नामक चलचित्रबाट वाही वाही पाइरहेका सलमानलाई १८ वर्ष पुरानो मुद्धाबााट भने अव मुक्ति मिलेको छ । फैसलाको समयमा सलमान अदालतमा थिएनन् । उनकी बहिनी अलवीरा जोधपुर अदालत पुगेर सलमानको वारेस बनेकी थिइन् ।

बलिउडमा दबङ्ग हिरो सलमानका लागि आजको दिन जीवनकै सबैभन्दा महत्वपूर्ण मध्ये एक हुने ठानिएको थियो । उच्च अदालतले तल्लो अदालतलको पुरानो ५ वर्ष जेल पठाउने फैसला कायम राखेमा सलमान खान जोधपुर जेल जाने थिए ।

सन् १९९८ को सेप्टेम्बरमा सलमान खानले राजस्थानको जोधपुरस्थित एक गाउँमा हरिणको शिकार गरेको आरोप लागेको थियो । उनलाई सन् २००६ फेव्रुअरी १७ मा त्यहाँको अदालतले १ वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी पछि उक्त अदालतले सलमानलाई ५ वर्ष जेल पठाउने फैसला गरेको थियो ।