२०८१, ४ आश्विन शुक्रबार

‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने

सुर्खेत:  एसइईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन् ।

यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि

३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन् । यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार

२०९ रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ लाख ४२

हजार ३१३ जना विद्यार्थी नन ग्रेडिबमा परेका छन् ।