२०८१, ८ माघ मंगलवार

सम्पादकिय: स्वास्थ्यको ख्याल गरौँ

समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम, त्यसपछि वर्षा मौसम आउने गर्दछ । वातावरण परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्दछ र स्वास्थ्यको दृष्टिले संवेदनशील बन्छ ।अहिले गर्मी व्यापकरुपमा बृद्धि भएको छ। गर्मी मौसममा सरसफाइको कमी, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिँदा रोगले आक्रमण गर्ने गर्दछन् ।बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा र फोहोर पानीको प्रयोग नै रोग लाग्ने मुख्य कारण हो।
गर्मीमा पकाइएको खाद्य वस्तु केही घण्टामै कुहिने, बेस्वाद र बेरङ हुने जस्ता हुन्छन् किनभने गर्मीमा सूक्ष्म जीव छिटो र बढी सक्रिय हुन्छन् । तीब्र विषाक्त हुन्छन् र कुहिन्छ । तसर्थ बढीमा दुई घण्टाभित्र खाइसक्नु राम्रो हुन्छ । गर्मीमा बासी सडेगलेका, बढी मसलायुक्त, माछामासु, चिल्लो पिरो जस्ता खाद्यवस्तुबाट सकेसम्म टाढा नै रहनु राम्रो मानिन्छ । गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वास–प्रश्वास र धेरजसो पाचन प्रणालीस ै गँ सम्बन्धित हुन्छन् ।
सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिँगा र अन्य किरा फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने सङक्रामक रोग टाइफाइड हो । लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । गर्मीयाममा विशेषगरी तराई र गर्मी ठाउँमा लामखुट्टेको टोकाइबाट बच्न हम्मे हम्मे पर्दछ ।जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनु पर्छ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुने गरी खाना खानु हुँदैन साथै वरिपरिको वातावरण सफा राख्नु पर्छ ।