दुधे वच्चा छाडेर जाँदा नि एक किलो चामल पाईएन्
जाजरकोट असोज १९। नायकवाडा वडा नं ९ धुमाकी आईती चलाउने ८ महिनाको दुधे छोरा अर्काको जिम्मा छाडेर विहानै उठेर घाट डिपोमा चामल लिन आउँनुभयो ।
उहाँलाई घरवाट घाट डिपो आउँन करिव ४ घ
एकातीर दुधे छोरा , अर्को तीर चामल नपाउँनुको पिडाले आईतीलाई पिडा खपी नसक्नुभयो ।
आईती जस्तै नायकवाडाकै वडा ८ ताँसीवाट चामल लिएर दशै मनाउने आशा लिएर घाट डिपोमा आएका पवन विकले पनि एक गेडा चामल पाएन्न ।
घरमा ६ दिनकी सुत्केरी छोडेर आएको वताउने पवन श्रीमतीलाई खुआउने र दशै मनाउँने चामल लिन घाट आउँनु भएको थियो । न उहाँकी श्रीमतीले भात खान पाँउने अवस्था भयो न त उहाँको दशैमा भातले खुसी ल्याउने भयो ।
हुँने खानेले घरमा वाढै वाट महँगो चामल र खसीको व्यवस्था गरेनि हुँदा खानेको अवस्था भने पिडा संग भिजेका आँसु लुकाउदै वस्नु पर्ने वाध्यता रहेको छ ।
आईती र पवन भन्दा अघि आएर चामल पाएका स्थानियले पनि दुई किलो देखी ५ किलो सम्मा मात्र चामल पाएको थिए । त्यो सानो मात्रामा भएको चामल पनि सिमित व्यक्तीले पाएका थिए ।
बारेकोटको जनसंख्य करिव १८ हजारको हाराहारीमा छ तर यो जनसंख्यलाई ८१ क्वीन्टल चामलले दशै र तिहार मनाउनुको विकल्प छैन् ।
यो जिल्लाको सवै भन्दा वढी दुर्गम र पिछडिएको क्षेत्र हो । यहाँ नायकवाडा,रोकायगाउँ,रामीडाँडा र सक्ला गाविस रहेका छन् । जिल्लाकै सवै भन्दा उत्पादनका हिसावले कम उत्पादन हुँने क्षेत्र पनि यहि हो ।
उच्च हिमाली क्षेत्र भएका कारण सहजै खाद्यान्न ढुवानी कार्य पनि सहज हुँने देखिदैन् । प्रहरीको घेरामा खाद्यान्न वितरण गर्दा पनि एक किलो चामल नपाउँनुको पिडा कस्तो होला सहजै अनुमान लगाउँन सकिन्छ ।
वर्षायाममा भत्किएको वाटो मर्मत नहुँनु र नलगाड जलविद्युत आयोजनाको लागी पहुँच मार्ग निर्माण कार्य भईराखेकोले खाद्यान्न ढुवानी गर्ने वाटो समेत अवरुद्ध भएको वीरेन्द्र एश्वर्य उच्च माविका प्रचार्य गोरखवहादुर सिंहले वताउनुभयो ।
उहाँ भन्नुहुन्छ “साँचिकै बारेकोटलाई राज्यले न्याय गर्ने हो भने हेलिकप्टरपाट खाद्यान्न ढुवानी गर्नुपर्ने हुन्छ” । बारेकोट वासीलाई प्रत्येक वर्ष आउने दशै ,तिहार जस्ता पर्वले आँसो अनि खुसी मात्र वोकेर ल्याउदैन , पिडा पनि संगै वोकेर ल्याएको हुन्छ रामीडाडा सिर्पाचौरका हरीवहादुर थापाले वेदना सुनाउनु भयो ।
सदरमुकामवाट करिव ३ दिनको दुरीमा रहेको यस क्षेत्रमा खच्चडद्धारा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्नुपर्ने वाध्यता रहेको छ । ढुवानी गरेको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्री भन्दा ढुवानी भाडा वढी तिर्नुपर्ने पिडाले गर्दा यहाँ लिएका वस्तुहरु छोई नसक्नु छ ।
यहाँका अधिकांश पुरुषहरु भारतमा कमाईका लागी जाँने गर्दछन् । घरमा वच्चा ,वच्ची र महिला मात्र हुने गर्दछन् । काम गर्न सक्ने उमेरका सवै यूवाहरु घर छाडेर विभिन्न कार्यका लागी घर छाड्न चलन यहाँ वढी रहेको छ ।
यहाँ अधिकांश खाद्यान्न वस्तुहरु, तेल आयात नै गर्नुपर्दछ ।