२०८१, १५ मंसिर शनिबार

कालिकोटको सुनथराली विमानस्थलमा संयूक्त मन्त्रीद्धारा औपचारिक उद्घाटन

१४ फागुन, कालिकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला कालिकोटको नरहरीनाथ गाउँपालिकाको कोटबाडामा निर्मित सुनथराली विमानस्थलको आज औपचारिक उद्घाटन गरिएको छ ।

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदन किराँतीले संयूक्तरुपमा कोटबाडाको सुनथराली विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा कर्णाली प्रदेश सभाका उप सभामुख यशोदा न्यौपाने, मुख्यमन्त्री राजकुमार शर्मा, पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राष्ट्रिय सभा सदस्य बिष्णुबहादुर बिक, पुर्व(राष्ट्रिय सभा सदस्य जीवन बुढा, प्रदेश सभा सदस्य दुर्गबहादुर रावत, हिक्मत बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस वि।सं। २०४२ सालमा निर्माण कार्य सुरु भएको विमानस्थल ३८ बर्षदेखी निर्माणाधीन अवस्था रहेको थियो । विमानस्थलको लम्बाई ६४० मिटर र २० मिटर चौडाइ रहेको छ । विमानको टर्निङ्ग प्याप ५ सय वर्गमिटरका दुईवटा छन् । यस्तै, ट्याक्सी ९वय० रुड २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको छ ।