बुलबुलेमा भोलिदेखि ‘कर्णाली उत्सव’ सुरु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि कर्णाली उत्सव सुरु हुने भएको छ। हरेक वर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो वर्ष पाँचौँ सँस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीयस्थल बुलबुलेमा आयोजना हुँदैछ ।
कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ । उत्सवमा विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो ९हिरो० का कथा, साङ्गीतिक साँझ, साहित्य साँझ प्रस्तुत गरिनेछ । यो वर्षको उत्सवका विपद्को सवाललाई बढी प्राथमिकता दिइएको आयोजकले जानकारी दिएका छन् ।
उत्सवमा ‘प्रसूति र पितृसत्ता’, ‘प्रकोप र पुनर्निर्माण’, ‘समाज, साहित्य र विकास’, ‘लोकतन्त्र र सुशासन’ विषयमा केन्द्रित रही बहस गरिने ऋति फाउन्डेसनका अध्यक्ष तथा उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालले जानकारी दिए ।