२०८१, ८ जेष्ठ मंगलवार

शनिबार घोराहीमा चर्चित गायिका ज्योती मगर आउँदै

हेमराज परिवर्तन
घोराही, दाङको घोराही–१५ झिगौरामा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा भोली शनिबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । उनीसँगै गायक गोपाल नेपाल जिएम, पार्वती चौधरी, डान्सर सलिना थापा लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ ।


गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । गायक जिएम पनि युवा पुस्ता माझ निकै लोकप्रिय छन् ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।
आर्कषक प्रस्तुतिमा दर्शक रमाउँदै….
शुक्रबार एक्सपोको चौथो दिन चर्चित कलाकार गायक सुप्रिम मल्ल ठकुरी र गायिका पुजा देवकोटाले सुमधुर आवाजमा दर्शक समक्ष आर्कषक प्रस्तुति गरेका थिए । त्यसबेला दर्शकले मनोरञ्जन गर्दै कलाकारको आवाजमा रमाईरहेको दृश्य हेर्नसकिन्थ्यो ।

#
उनीहरुसंगै पछिल्लो समय निकै भाईरल बनेका भेलु बाजे, गायीका मञ्जु भट्टराई, डान्सर सलिना थापा सहित स्थानिय कलाकारले धमाकेदार प्रस्तुति राखेका थिए । कार्यक्रममा दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।
त्यस्तै,कार्यक्रमको उद्घोषकको रुपमा माधब जोन क्षेत्री र शान्तराम सेन्चुरीले रहेकाछन् । यही माघ २३ गतेदेखि शुरुभएको एक्सपो माघ ८ गते सम्म सन्चालन हुनेछ ।।

 

सम्बन्धित समाचार