२०८१, २२ आश्विन मंगलवार

डा. रोकाया द्वारा लिखित ‘कर्णालीको मर्म’  पुस्तकमाथी परिचर्चा  

 

डा. दिपेन्द्र रोकाया द्वारा लिखित ‘ कर्णालीको मर्म पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ। आइतवार वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे परिचर्चा गरिएको हो। पुस्तकमाथि वाल विशेषज्ञ एवम् सुन्यको मुल्यका लेखक डा. नवराज के.सीले समीक्षा गरेका छन्।

पुस्तकको समीक्षा गर्दै डा. के.सीले कर्णालीको मर्ममा डा. रोकाया दुई दशकयता मिसन पत्रकारिता, राजनीतिक खोज अनुसन्धान गर्दै आउनु भएको छ । केन्द्रदेखि मोफसलसम्मको  पत्रकारिता क्षेत्रमा देखिएको कमीकमजोरी हेर्ने ऐना पनि हुन् । पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन्, डा रोकायाले कर्नाल प्रदेशमै केन्द्रित भई कर्नालीको जाति भाषा र साँस्कृतिक अवस्था लाई केलाएर आउनैपर्ने पुस्तक लेखकबाट आएको छ।’

“मेरो विचारमा रोकायाले कर्नालीको हिजो लाई मात्र समेटेर एउटा पुस्तक र आज र भोलि गरेर अर्को पुस्तक लेखेको भए राम्रो हुन्थ्यो। उनको पत्रकार व्यक्तित्वले कर्नालीको हिजोबारे लेख्न पुर्ण रुपमा लेखेको पाइन । कर्नालीको मर्ममा देउडामा कर्नालीको संस्कृति भाक, भाका अनि आत्मपरकता र वस्तुपरकताको मिश्रण  पाएको बताए ।

पुस्तक विमर्श कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष श्री योगेन्द्र बहादुर शाहीका अनुसार उठान गरिएका विषयले यस पुस्तकमा उनले नेपाल एकीकरणमा गोर्खालीहरुको आक्रमणले जुम्लाको रोकायाबारा बाट विस्थापित भएर हुम्ला पुग्दा व्यासी थपाल्या कहलाएका समुदाय बनेको भनेर आफुलाई चिनाउन पुगेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले परिवर्तनको मुल्यबोध भन्ने अध्यायमा डा. रोकायाले अत्यन्त काम लाग्ने यस्तो दृष्टि अघि सारेका छन्। आजसम्म पनि संवैधानिक कुटनीतिक क्षेत्र र विशिष्ट श्रेणीका पदहरुमा कर्नालीको मान्ठ भेटाउँन सकिदैन यस्ता धेरै गतिला कुरा पाठकले डा. रोकायाको यही किताबमा पाउँने बताए ।

 

‘ लेखक डा. दिपेन्द्र रोकायाले नाफाको जिन्दगीपछि लेख्न थालेको कर्नालीको मान्ठलाई औपन्यासिक रुप दिन चाहान्थे। पछिल्लाा दिन निकै छिटो बितिरहेका छन्। त्यसैले यसबाट दिन खोजेको भाव समेटेको बताए ।