हिउँले सेताम्य छन, हिउँको पर्खाइमा पर्खेका हिमालहरु!
पुस हिउँ सिला, माघ हिउँ बिला
पुसमा परेको हिउँ जमेर बस्छ , फागुनमा परेको हिउ टिलाफिला भएर जान्छ । यो समय माघ लाग्दै थियोे हुम्लामा तेस्रोपटक हिमपात भएको छ् । यतिबेलाको समय हुम्लाका विभिन्न हिमाल हिउँले सेताम्य देखिएका छन् ।
आज माघ महिनाको १८ गते हिमपात हुँदा हिउँको पर्खाइमा पर्खेका हिमालहरु चाङ्ला, रलिङ्ग, सैपाल, पञ्चमुखी चंखेली लगायत उच्च स्थानमा रहेका हिमालहरु हिउँले सेताम्य छन् । लामो समय सम्म पानी नपर्दा खडेरी हुने होकी भन्ने हुम्लाका कितसानहरु चिन्तित थिए ।
पानी नभएर खेतबारीका जौ पँहेलिएका छन्। अब जौ, गहुँ अलि अलि हुन्छन् कि भन्ने आश लागेको छ। मङ्सिर पुसमै हिमपात हुने जिल्लामा यो वर्ष माघ महिनामा अत्याधिक हिमपात भएको छ । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो ।
फोटो फिचर दाने बोहोरा
उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा हिउँ परेसँगै जीवन कष्टकर बनेको छ। यो समय जिल्लाका चर्चित हिमालहरु सेताम्य देखिएका छन् । यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिदा हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाइरहेका छन्। “जाडो मौसममा भारी हिमपात नभएका कारण जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ । यता हिमपात नभएर यहाँको जमिन, सुख्खा देखिदैँ गएका थिए।
यो समय सिमकोट, खार्पुना,नाम्खा,सर्केगाड चंखेली र अदानचुली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्य देखिएका छन्। यो समय भारी हिमपात भएको छ् । हिउँ परेपछि एकातिर चिसो बढ्दै गएको छ दम बिरामीका लागि काल हो तातो गर्नुहोला। हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन् । जिल्लामा हिमपात नभएपछि हिमालहरु हिउँको पर्खाइमा थिए।
फोटो फिचर दाने बोहोरा
उच्च क्षेत्रमा हिमपात र होचो स्थानमा पानी नपर्दा रोग फैलन सक्ने सम्भावना धुलोले सताउँँदा विभिन्न किसिमका रोग फैलिन सक्ने अवस्था थियो । स्थानीयहरुमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली चैत, बैशाखमा लगाइने वर्षे बालीलाई समस्या पर्ने हो की भन्ने चिन्तितमा थिए।
फोटो फिचर दाने बोहोरा