२०८१, १९ चैत्र बुधबार

भलिबलः भारतसँग नेपाल पराजित

१३ साउन, काठमाडौं ।

nepal-volley-ballभारतसँगको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित भएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई   २०-२५, १९-२५, २५-२७ को सेटमा पराजित गरेको हो ।

नेपाल भलिबल संघले नेपाल र भारतका राष्ट्रिय महिला भलिबल टोलीबीच दुई दिने मैत्री खेल आयोजना गरेको हो । १२ औं सागमा सहभागी टोली नै भारत विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी भएको हो ।

दुईवर्ष अघि दक्षिण एशियाली आमन्त्रण भलिबल र १२ औं सागमा नेपालले भारतसंग प्रतिस्पर्धा गरेको थियो । भारतले १२ औं साग अन्तर्गत भलिबलमा स्वर्ण जितेको थियो । नेपालले भोली दिउँसो भारतसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ ।