सुर्खेत प्रहरीद्धारा अवैध चिनी बरामद
सुर्खेत । सुर्खेत प्रहरीले अवैध चिनी बरामद गरेको छ । शनिवार राती ८ बजे नेपालगंञ्जबाट दैलेख लगिदै गरेका १ लाख ५२ हजार बराबरको अवैध चिनी बरामद गरेको जनाएको छ ।
प्रहरीले ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्ट बाट बरामद गरेको हो ।
सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपालगंजबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रक लाई चेकजाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको बोराहरु बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले बताए ।
