२०८१, २० बैशाख बिहीबार

नेकपा एस विद्रोहबाट जन्मेको पार्टी हो : ज्वाला

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले समाजवादी पार्टी विद्रोहबाट जन्मेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उनले नयाँ पार्टी भएपनि निर्वाचनमा एकीकृत समाजवादीको उपस्थिति सकारात्मक रहेको उनले बताए ।

समाजवादीले समाजवादको उद्देश्य लिएको भन्दै उनले यस्ता अभियानहरु अझै सञ्चालन गरिने बताए । अभियान अब गाउँ–गाउँ, बस्तीमा पुग्नेछौँ,उनले भने,हिजो एमाले बनाउने पनि हामी हौँ ।

यस्तै उनले सुशासन, रोजगारीसहित समृद्धिको समाजवाद ल्याइछाड्ने ठोकुवा गरे । संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका ज्वालाले कर्णालीको विकासमा सरकार अग्रसर भइरहेको बताए । यस्तै उनले कर्णालीको समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए ।