२०८१, १ जेष्ठ मंगलवार

सबै नागरिकको स्वास्थ्य परीक्षण गर्छौँ : शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशभित्र रहेका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने बताएका छन् ।

बुधबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले नागरिकको स्वास्थ्य परीक्षणका लागि सरकारले तयारी समेत गरिसकेको बताए । पहिलो चरणमा नमुनाको रुपमा सुर्खेत र रुकुम पश्चिमका नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

उनले आर्थिक वर्ष २०८०/०८१ लाई नागरिक स्वास्थ्य परीक्षणको वर्ष बनाउने गरी तयारी भएको बताए । कर्णालीका नागरिकको स्वास्थ्य सम्बन्धी अवस्था थाहा पाउन र आगामी योजना तय गर्न नागरिक स्वास्थ्य परीक्षणले सघाउने छ, मुख्यमन्त्री शर्माले भने,साथै विशेषज्ञ स्वास्थ्य सेवा शिविर पनि सञ्चालन गरिने छ ।

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिन पनि स्वास्थ्यकर्मीले समुदायमा जागरण ल्याउन सृजनशील बन्नुपर्नेमा शर्माले जोड दिए ।

सम्बन्धित समाचार