२०८३, १७ असार बुधबार

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबिच भेटवार्ता

काठमाडौँ । नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि–अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत अन्सारी प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई जनाबिच आपसी हितसँग जोडिएका विषयहरूबारे छलफल भएको थियो ।