२०८०, १६ मंसिर शनिबार

अध्यक्षमा गुलाबजंग शाहको जित पक्का

सुर्खेत  ।   नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सिटीहलमा जारी मतगणनामा ५ सय मतगणना हुँदा शाहले ३ सय १० मत प्राप्त गरेका छन्।

यहाँ जम्मा ६ सय ९ मत खसेको थियो। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले भने १ सय ६४ मत प्राप्त गरेका छन्।
अब १ सय ९ मत गणना हुन बाँकी छ। तर उनीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ। गणना हुन बाँकीभन्दा बढी मतले शाहले अग्रता लिएसँगै उनको जित पक्का भएको हो।

नीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ। त्यस्तै, उपाध्यक्ष टेकराज पछाईले २ सय ८५ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार लालबहादुर महताराले १ सय ४३ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ सय ४२ रहेको छ।

सचिवमा ध्रुव शाहीले ३ सय ३९ र रूद्र शाहीले १ सय ३३ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २ सय ६ मतको रहेको छ।