२०८१, ९ पुष मंगलवार

सिटी हलमा जारी मतगणनाका क्रममा तोडफोड

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।