बालकको मृत्युपछि खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द
सुर्खेत । वीरेन्द्रनगरमा दैलेखको आठबीस नगरपालिका–६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घण्टा बित्दा पनि दुर्घटना गराउने व्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।
स्थानीयवासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन । यहाँ अहिले सयौँको सङ्ख्यामा गाडी रोकिएका छन । स्थानीय दिल बहादुर थापाले भने, दुवै तर्फका गाडी सञ्चालन पूर्ण रूपमा बन्द छ भने बजार पनि बन्द छ ।