२०८१, १९ चैत्र बुधबार

एमाले कर्णाली : नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । नयाँ नेतृत्वमा सर्वसम्मतको सम्भावना टरेसँगै शुक्रबार उम्मेदवारी दर्ता सुरु भएको हो ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले‌ उद्घाटन गरेको अधिवेशन जारी छ । कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।