२०८१, १२ श्रावण शनिबार

सर्पले टोकेर दैलेखमा किशोरीको मृत्यु

दैलेख–   दैलेखको ठाटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यु भएको छ ।  पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा –१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन् ।

आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजन शाहीका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए । भावना कक्षा ९ मा पढ्थिन्।