२०८१, ७ बैशाख शुक्रबार

जहा छौँ त्यहीँबाट व्यवसाय थाल्यौं : मन्त्री शाह

सुर्खेत :कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले जो जहाँ छौँ त्यहीँबाट व्यवसायको थालनि गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग तथा व्यवसायी महासंघ कर्णाली प्रदेश कमिटीको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सबैले आफु भएको ठाउँबाटै व्यवसाय गर्नुपर्ने बताएका हुन् ।
मन्त्री शाहले नेपाल उद्योग तथा व्यवसायी महासंघले अगाडी सारेका उदेश्य अनुसार काम गरेर निरन्तर अगाडी बढ्नुपर्ने सुझाव दिए ।
यस्तै, मन्त्री शाहले अहिले केन्द्रमा बनेको गठनबन्धनले नेपाललाई दोहन गरेर अगाडि बढ्ने गरेको र देशको अर्थतन्त्रलाई दोष्त पारको टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले जवजको जगमा बसेर अगाडी बढेको छ । राष्ट्रिय पुजिको निर्माण नभएसम्म समाजवादको नाराको औचित्य छैन् ।’
साथै मन्त्री शाहले स्वदेशी उत्पादनलाई निर्यात गरेर आयातमा रोक लगाउनु पर्ने बताए । उनले भने, ‘सुर्खेतबाट साविक कर्णाली जिल्लामा अन्य जिल्ला र देशबाट खाद्यन्न भरिएका ट्रक न्छन्। तर, फर्किन्दा खाली हुन्छन् । त्यसैले हामी जहा छौँ त्यहीँबाट व्यवसाय गर्न थाल्यौं । कुनै नयाँ काम गर्नका लागि एक्लैले नसक्ने भएकाले संगठनको आवश्यक पर्दछ त्यसका लागि यस संगठनको भूमिका महत्वपूर्ण हुनेछ ।’
संघका महासचिव भागिरथ सुवेदीले बैंकका कर्मचारीहरु सबै जोडघटाउनु गर्ने मात्रै गर्ने र प्रयोगात्मक आर्थिक बुझ्ने व्यवसायी नै रहेको दाबी गरे । उनले तथ्यांक भन्दा आर्थिक अवस्था फरक भएकाले त्यसको सन्तुलन मिलाउन पनि संगठन आवश्यक रहेको बताए ।
यस्तै, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष अमृत बिसीले व्यवसायीहरु उत्पादनमुखी र ग्रहाकमुखी हुनुपर्ने बताए । उनले अरुले उत्पादन गरेका कुराको व्यवसाय गर्ने प्रविधि सँगै आयातलाई घटाउदै, देशमै उत्पादन बढाएर निर्यात गर्नुपर्ने बताए ।
महासंघले ‘जिम्मेवार व्यवसाय विकास र समृद्धि हाम्रो प्रतिबद्धता, लगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता’ भन्ने नाराका साथ प्रदेश स्तरीय भेला तथा संगठन सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट) एवम् प्रशिक्षण कार्यक्रम गरेको थियो ।