२०८०, १३ जेष्ठ शनिबार

डोल्पाको जगदुल्ला गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमा

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिका सबै नागरिकको एकै पटक स्वास्थ्य बीमा गरेको हो ।
स्वास्थ्यबीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताए । ‘बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आवद्घता शुल्क समेत गाउँपालिकालेनै तिरेको छ ।’ उनले भने,‘यस कार्यक्रममा सामुदायका सवै घरपरिवार स्वयमं आवद्ध हुने सम्भावना नभएपछि आवद्घता शुल्क पनि पालिकाले नै व्यहोर्ने गरी कार्यक्रममा आवद्घ गराईएको छ ।’
गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु .१९ लाख २८ हजार ८ सय ५० रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए ।