जाजरकोटको बारेकोट गाउँपालिकाले बनायो विपन्न नागरिक उपचार कोष
सुर्खेत :जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । गरिबीमूनि रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि विपन्न नागरिक उपचार कोषको स्थापना गरिएको हो ।
गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । ‘सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिकाले सहयोग गर्नेछ ।’ उनले भने,‘त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट सहयोग हुनेछ ।’
गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेर समस्यामा परेका नागरिकलाई सहायता गरिरहेको अध्यक्ष गिरीले बताए । ‘बारेकोट जिल्लाको दुर्गम पालिकामा पर्छ । गाउँपालिकाको यो निर्णयले धेरै गरिबीको रेखामुनि रहेको नागरिकलाई सहयोग गरेको छ ।’ उनले भने,‘बिरामीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्म ल्याइ पु¥याउन लागि महिला स्वंयमसेविकालाई स्ट्रेचर उपलब्ध गराएपछि सबै बिरामीले सहज भएको छ ।’