स्तव्यस्त कर्णाली प्रदेशसभा
सुर्खेत : कर्णाली प्रदेशसभा अस्व्यस्त रुपमा चल्दै आएको छ । कर्णाली प्रदेशसभामा विजिनेश नहुँदा कर्णाली प्रदेशसभा अस्तव्यस्त गतिमा अघि बढेको हो ।
कर्णाली प्रदेश सभाको माघ ६ गते स्थगित भएको छैठौं वैठक आइतबारबाट बस्ने भएको छ । दुुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक लागेको छ ।
कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।
पहिलो प्रदेशसभामा पेश भएका विद्येयकहरु निस्क्रिय भएको नयाँ विद्ययेक दर्ता नभएका कारणले विना विजिनेश बैठक एजेण्डाबिहिन रुपमा बस्ने भएको छ ।
माओवादी बाहेक अरु दलले संसदीय दलका नेता नै चुन्न सकेनन्
कर्णाली प्रदेशसभामा संसदीय गतिबिधि सञ्चालन गर्नका लागि संसदीय दलको नेता चुने पनि अन्य माओवादीबाहेक अन्यले संसदीय दलको प्रमुख सचेतक र अन्य सचेतक समेत तोक्न सकेका छैनन् । कर्णाली प्रदेशसभाका सांसदहरुले पुस ११ गते सपथ लिएको भएपनि अहिलेसम्म संसदीय दलका प्रमुख सचेतक र सचेतक तोक्न सकेका छैनन् ।
माओवादीबाहेक अन्य दलका प्रमुख सचेतक र सचेतक तोकिएको जानकारी प्रदेशसभामा नआएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।
कार्यव्यवस्था परामर्श समिति गठन भएन्
कर्णाली प्रदेशसभा सञ्चालन गर्नका लागि सभामुखको नेतृत्वमा दलका नेताहरु रहेको प्रदेशसभा सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समिति गठन गर्नु पर्नेमा अहिलेसम्म त्यो पनि गठन नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समिति गठन नहुँदा प्रदेशसभा सञ्चालनमा समेत असर परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
एजेण्डा विहिन बैठक बस्दै
आज बस्ने संसद एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय अहिलेसम्म टुङ्गो लागेको छैन् ।
आइतबार बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेर समापन भएको छ ।
प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्बाट विश्वासको मत लिएका थिए ।