२०८०, २९ चैत्र बिहीबार

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक साधारण सभा सुर्खेतमा शुरु

सुर्खेत : नेपाल क्रिकेट संघ (क्यान)को बार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को विगतको समिक्षा र भावी रणनीति बनाउनका लागि साधारणसभा शुरु भएको हो ।
साधारणसभालाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उदघाट्न गर्दैै देशको व्यवस्था फरिएको अब समाजको अवस्था फेर्नुपर्ने आवश्यकता रहेको बताए । ‘देशको व्यवस्था फेरिएको छ । समाजको अवस्था फेर्नु अहिले आवश्यकता हो ।’ उनले भने,‘समाजको अवस्था फेर्नुमा नै खेलकुदको विकास हुदै जान्छ ।’
कर्णालीको खेलकुद विकासका लागि आफुले पहल थालेको दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको त्यसको तयारी भइरहेको मुख्यमन्त्री शर्माले बताए ।
कर्णालीमा क्रिकेटको विकास हुन नसकेकाले कर्णालीमा साधारणसभा गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । ‘कर्णालीमा क्रिकेटका कुनै पनि संरचना छैनन् ।’ उनले भने,‘कर्णालीमा खेलको विकास धेरै हुन सकेको छैन् । त्यसैले कर्णालीमा साधारणसभा गर्न लागेका हौं ।’
कर्णालीमा क्रिकेटको भौतिक संरचना नभएका कारणले यहाँ पुरुष क्रिकेट खेलाडी मात्र रहेको ती खेलाडी पनि बाहिर गएर प्रशिक्षण लिनु पर्ने बाध्यता रहेको चन्दले जानकारी दिए । ‘कर्णालीमा महिला क्रिकेटको टिम नै छैन् ।’ उनले भने,‘पुरुष क्रिकेट टिमपनि बाहिर गएर प्रशिक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।’
कर्णालीमा अझै पनि क्रिकेटको विकास हुन नसकेका कारणले यहाँ क्रिकेटको बिषयमा जानकारी दिन आवश्यक रहेको अध्यक्ष चन्दले बताए ।
नेपाली क्रिकेट टिम अहिले बलियो रहेको युएइमा हुने खेलमा पनि नेपाल राम्रो नतिजा ल्याउने अध्यक्ष चन्दले जानकारी दिए । ‘भावी दिनमा हुने खेलमा नेपालले राम्रो नतिजा ल्याउछ ।’ उनले भने,‘नेपाली क्रिकेट टिम अहिले बलियो हुँदै गएको छ । भावी खेलमा राम्रो नतिजा ल्याउछ ।’
नेपाल क्रिकेट संघ नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय भएको अध्यक्ष चन्दले जानकारी दिए । ‘नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट संघ २०४५ सालदेखि यसको सहयोगी सदस्यको रुपमा रहेको छ । यो एसियाली क्रिकेट परिषदको सदस्य हो ।’
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसलाई २०७३ वैशाख देखि २०७६ असोज २६ गरेसम्मका लागि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बित गरेको उनले जानकारी दिए । ‘निलम्बन फुकुवा पश्चात् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेटको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै सबै पक्षहरूसँग छलफल गरेर नयाँ अध्यक्ष पदको निर्वाचनका लागि विभिन्न प्रक्रियाहरू अपनाएको थियो ’ उनले भने, ‘औपचारिक रूपमा २७ असोज २०७६ मा संघलाई सशर्त आधारमा पुनःस्थापित गरेको थियो ।’