कर्णालीका नागरिक र साना व्यवसायी आर्थिक मन्दीको मारमा
सुर्खेत : कर्णालीका नागरिक र साना व्यवसायी आर्थिक मन्दीको मारमा परेका छन् । नागरिक तथा साना व्यवसायी आर्थिक मन्दीका कारणले अहिले निकै समस्या परेका हुन् ।
कर्णालीमा आर्थिक मन्दी बढ्दै गएको यहाँका उद्यागी तथा व्यवसायीहरुले बताएका छन् । ब्याजदर बृद्धि भएको तर कर्जा बृद्धि नभएका कारणले आर्थिक मन्दी आएको यहाँका उद्योगी तथा व्यवसायीहरुले बताएका हुन् ।
विगतमा तुलनामा अहिले आर्थिक गतिबिधी निकै कम हुँदै गएको छ । आर्थिक गतिबिधीमा कमी आउँदा साना व्यवसायी र नागरिकहरु चर्को मारमा परेको छन् ।
देशमा भ्रष्टाचार मौलाउँदै गएको, सरकारी नीतिका कारणले साधारण नागरिक र साना व्यवसायी त्यसको मारमा परेको कर्णाली प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘बजारमा पैसा लेखेको छैन् । देशमा भ्रष्टाचार बढेको छ ।’ उनले भने,‘देशमा आर्थिक मन्दी बढ्दै गएको त्यसैले नागरिकहरुले अहिले पैसा नै पाउन सकेका छैनन् ।’
राष्ट्र बैंक नीतिले बैंकहरुले चर्को ब्याज लिन थालेको र कर्जा प्रवाह नगरेका कारणले पनि देशमा आर्थिक मन्दी आएको अध्यक्ष शाहीले बताए । ‘राष्ट्र बैंक र सरकारी नीतिका कारणले आर्थिक मन्दी आएको हो ।’ उनले भने,‘यसलाई सुल्टाउनुभन्दा अहिले उनीहरुले बल्झाउने नीतिमा रहेका छन् ।’
बजारमा आएको आर्थिक मन्दी कम गर्नका लागि अबैध सम्पती बैद्य गर्ने कानुन सरकारले ल्याउनु पर्ने अध्यक्ष शाहीले बताए । ‘अबैध सम्पतीमा निश्चित कर लगाएर त्यो सम्पती बैध बनाउन जरुरी रहेको छ ।’ उनले भने,‘अहिले सबै नागरिक बैक तथा बित्तिय संस्थाको ऋणी रहेको छ । त्यो विदेश जाने ऋण गरेर गएको छ । पढ्न जानेले ऋण गरेर गएको छ । नेपालमा ब्यापार व्यवसाय गर्नेले ऋण गरेको छ ।’
अहिले देशका नेता तथा अन्य ठुला व्यवसायीहरुले आर्थिक मन्दीको महशुस नभएपनि अन्यलाई यसले छोइसकेको अध्यक्ष शाहीले बताए ।
साना व्यवसायी तथा नागरिकहरुमा आर्थिक मन्दीले छोइसकेको कति साना व्यापारी तथा व्यवसायीहरुले आफ्नो व्यवसाय छोड्न थालेको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । ‘ठुला बडाहरुलाई त छोएको छैन् ।’ उनले भने,‘नागरिक र साना व्यवसायीहरुलाई यसले निकै मारमा पारेको छ ।’
बजारमा महङ्गी बढ्दै जानु, आर्थिक मन्दी आउनु र विकास निर्माणका काम धिमा हुनुले अहिले अर्थतन्त्रमा समस्या आएको अध्यक्ष कँडेलले बताए । ‘साधारण नागरिकले चुलो बाल्ने अवस्था छैन् । बजारमा उपभोग्य सामान पनि महङ्गो हुँदै गएको छ ।’ उनले भने,‘यो समस्या समयमै सरकारले बुझ्न सकेन भने ढिलो चाडो समस्या आउँछ ।’