२०८१, २० बैशाख बिहीबार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत : कर्णाली मार्ग कालिकोटको तिलगुफा सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटको तिल गुफा नगरपालिका वडा नं ५ को धनडामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मुगुदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ख ०३५६को मिनीट्रक बिहीबार बिहान करिब १ बजे दुर्घटना भएको थियो । ट्रक सडकदेखि करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता प्रहरी निरीक्षक सुबराज बमले दुर्घटनामा परी गम्भीर घाइते भएका चालक वर्ष २८ का छविप्रसाद चौलागाईंको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
घटना लगतै उपचारका लागी तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । तर उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगरपालिका वडा नं ७ का बासिन्दा रहेको प्रहरी निरीक्षक बमले बताए । दुर्घटनामा परी सह–चालक सोही ठाउँका १८ वर्षीय दिनेश शाही गम्भीर घाइते भएका छन् । उनको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।