२०८१, ६ जेष्ठ आईतवार

बालिका हत्या घटनाका आरोपित १८ महिनापछि पक्राउ

सुर्खेत : कालीकोट खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकको हत्या घटनाका आरोपी १८ महिना पछि सोमबार खाँडाचक्र नपा–६ का ४७ वर्षीय अने नेपाली र ३० वर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ ।
०७८ भदौ ४ गतेबाट हराएकी बालिका विकको आधा शरीर बाँकी रहेको शव ०७८ भदौ ७ गते फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
केही प्रमाण नष्ट भएको र स्थानीयको सहयोग नपाएर अनुसन्धान कार्य ढिलो भएका काराण आरोपितहरूलाई १८ महिना पछि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालेल बताए ।
ढिलै भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको हुनाले न्याय पाउने आशा जागेको मृतक निरुका पिता रत्न कामीले बताए ।
‘छोरीको शरीरको तल्लो भाग काटेर फालिएकोले बलात्कारपछि हत्या गरिएको दावी गरेका थियौं । तर, आरोपितलाई गिरफ्तार गर्न १८ महिना कुर्नु परेकोमा दुखी भएको भएपनि न्याय पाउने आशामा रहने छौ ।’ निरुका बुबा कामीले भने ।
उजुरीमा कसले र किन यस्तो घटना ग¥यो भन्ने उल्लेख गरिएको किटानी आउन नसकेकाले पनि अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुबराज बमको भनाई रहेको छ ।
घटनाको केही दिन पछि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।

सम्बन्धित समाचार