साढे ५२ लाख पेश्की लिएका ठेकेदार एक वर्षदेखि बेपत्ता
सुर्खेत : ३० चैत ०८० सम्ममा खार्पु चुवाँखोलामा पक्की पुल निर्माण गर्नेगरी एक वर्षअघि (१४ असोज ०७८)सम्झौता गरेको स्वच्छन्द माउन्ट पुमरी जेबि सम्झौता गरेपछि सम्पर्कविहीन बनेको छ ।
स्वच्छन्द माउन्ट पुमरी जेबीले दुई वर्षमा काम सक्नेगरी हिल्सा सिमकोट सडक योजनासँग सम्झौता गरेको थियो ।
तर सम्झौता भएको एक वर्ष बितिसक्दा न त पुल निर्माणको सुरसार छ न हिल्सा सिमकोट सडक योजनाले नै चासो देखाएको छ ।
निर्माण व्यवसायी भन्छन्– अब काम सुरु हुन्छ
काम सुरू गर्न भन्दै स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटका प्रतिनिधि ठेकेदार हिमाल अधिकारीले साढे ५२ लाख पेश्की समेत लिएका छन् । यो पुल ११ करोड ८५ लाख रुपैयाँ निर्माण हुँदैछ ।
अधिकारीका अनुसार सोयल टेष्ट भइसक्यो यसको रिपोर्ट एक साताभित्र आउँछ । पुलमा आवश्यक पर्ने फलामसम्बन्धी कामको पनि अर्डर भइसकेको छ । अब चाडै काम सुरू गर्ने योजना रहेको अधिकारीले बताए ।
हिल्सा सिमकोट सडक योजना कार्यालयका प्रमुख विरेन्द यादव जिल्लामा नबस्ने हुँदा पनि समस्या भएको स्थानीयको गुनासो छ । हिल्सा सिमकोट सडक योजना हुम्लाका सूचना अधिकारी इन्जिनियर निरजराज वंशीले भने दसैंअघिनै सोयल टेस्ट र सर्भे भइसकेको जानकारी दिए ।