२०८१, २४ पुष बुधबार

काकाकुल जुम्लाको रारागाउँ

Locals waiting for their turn to fill empty containers with water in Himali Rural Municipality, Bajura, on Friday, February 16, 2018. Photo: THT

जुम्ला :जुम्लाको तिला गाउँपालिका– १ रारागाउँमा ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै र मूल सुक्दै गएपछि खानेपानीको हाहाकार भएको छ । २६८ घरधुरीमा १६ सय २६ जनसंख्या रहेको गाउँमा पानी वितरणका लागि केवल १० हजार लिटरको ट्यांकी छ । गाउँका चार धारामा दुई घन्टा मात्रै पानी आउँछ ।
रित्ता भाँडा लाइनमा राखेर घन्टौँ कुर्ने स्थानीयबीच झगडा नै पर्ने गरेको छ । गाउँको तलतिर तिला नदी कलकल बग्ने भए पनि माथि बस्ती मरुभूमि बन्दै गएको स्थानीय धनराज रावतले बताए ।
‘पिउने पानी छैन, एक गाग्री पानी भर्नकै लागि कैयौँ बालबालिकाले विद्यालय छुटाउनुपरेको छ,’ उनले भने, ‘करेसाबारी पनि बाँझै भएपछि तरकारी र खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ । तल कलकल बगेको तिला नदी हेर्न मात्रै पाइएको छ ।’ वडाध्यक्ष जंगबहादुर बस्नेतले बृहत् खानेपानी योजना निर्माणकै चरणमा रहेको बताए ।