२०८२, ४ बैशाख बिहीबार

डोल्पामा बार्षिक परीक्षा सुरु

सुर्खेत : डोल्पा जिल्लामा विद्यालयस्तरीय बार्षिक परीक्षा सुरु भएको छ ।
जिल्लाका आठ स्थानीय तह मध्ये त्रिपुरासुन्दरी नगरपालिकाले मात्रै विद्यालयस्तरीय बार्षिक परीक्षा सुरु गरेको हो ।
नगरपालिका भित्र पर्ने ३१ वटै विद्यालयमा आजदेखि बार्षिक परीक्षा सुरु भएको नगर शिक्षा शाखा प्रमुख भिम बहादुर थापाले जानकारी दिए ।
चिसोका कारण अब बार्षिक परीक्षा सम्पन्न भए लगत्तै दुई महिनाकालागि बिद्यालय बन्द हुने र फागुनमा खुल्ने उनले बताए ।
ठुलिभेरी नगरपालिकाले भने पढाइ पूरा नभएको भन्दै चैत्रमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
त्यसैगरी तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाले पनि बैशाखमामात्र बार्षिक परीक्षा सञ्चालन गर्ने जनाएकाछन् ।
जिल्लाको काइके गाउँपालिकामा पनि बार्षिक परीक्षा सञ्चालन भएको छैन् ।
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पोबुद्व र छार्काताङ्सो गाउँपालिकाले भने यसअघिनै बार्षिक परीक्षा सम्पन्न गरेर शिक्षक बिद्यार्थीलाई बिदा गरिसकेका छन ।
अत्याधिक चिसो र हिमपातका कारण उपल्लो डोल्पाका बिद्यालयहरुमा बैशाख देखि मंसिरसम्ममात्र सञ्चालन हुन्छन् भने अन्य समय बन्दहुने गर्दछन् ।