२०८१, ७ बैशाख शुक्रबार

युवाहरुले अगाडी बढाउनुपर्छ

हरेक राजनैतिक पार्टीका युवा संगठनहरु छन्, विद्यार्थी सगठनहरु छन् र तिनमा युवाहरु नै छन् । सडक जाम गर्नु प¥यो, बन्द हडताल गर्नु परयो , युवाहरुलाई अगाडि लगाउँछन् । तर कुनै पनि पार्टीको शीर्ष स्थानहरुमा युवाहरुको संख्या हातको औलामा गन्न पुग्दैनन् । राष्ट्रको लागि लिनु पर्ने महत्वपुर्ण विषयहरुमा युवाहरुलाई स्थान दिइन्न । सबै पाका उमेरका नेताहरु ऋगाडि बढ्ने गरेका छन् । कुनै पनि पार्टी बनाउन जरुर अग्रज नेताहरुको योगदानलाई भुल्न खोजिएको होइन । तर यो युगको आवाजको प्रतिनीधित्व अब पुराना पुस्ताले मात्र हुन्न ।
केयौ देशमा हामीहरु देख्छौ एउटा कालखण्ड पुरा गरी सकेपछि नेताहरु राजनीतिबाट विश्राम लिन्छन । जसको कारण नयाँ पुस्ता पुराना पुस्ताको अनुभवलाई लिएर माथि आउन सक्दछन् । उनीहरु साग केही गरौ भन्ने जोश हुन्छ, साहस हुन्छ र भिजन हुन्छ । सुचना र प्रविधीको परिधीबाट अलग हुन नसक्ने यस्ता युवा पुस्तामा केही काम गरी हालौ भन्ने चेतना देखिन्छ । तर रिटार्यड हुने बेलामा पनि पुरानो पुस्ता तन्नेरी नै रहीरहदा आज देशमा युवाहरु नेतृत्व पछाडि परेका छन् । केयौ त राजनीतिबाट नै पलायन भइरहेका छन् । अहिले देशमा भइरहेको राजनैतिक गतिरोधको कारण पनि पुरानो पुस्ताको सोच्ने शैली र गति नै हो । आज नभए के हुन्छ भोलि गरौला भन्दै समय गुज्रिरहेको छ । केही शीर्ष स्थान हावी भएका नेताहरुको राजनैतिक दाउपेचले गर्दा देश अनिर्णयको बन्दी छ । केही युवा नेताहरुको पार्टीको माथिल्लो तहमा पुगिसकेर पनि अन्तरपार्टी सघर्षका कारण पलायन भएका देखिन्छन्, भने केही हरेक पार्टी भित्र भएको गुटबन्दीको शिकार भएका छन् ।