२०८१, ७ बैशाख शुक्रबार

ताक्सुगाडको विद्युत उत्पादन क्षमता बढ्यो

सुर्खेत : जाजरकोटको ताक्सुगाड जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको हो ।
डिपिआरको रिर्पोट कन्सलटेन्टले बुझाइ सकेकोले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए ।
डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट नयाँ बानेश्वर काठमाडौँले दुई वर्षमा सक्ने सम्झौता अनुसार लिएको थियो । सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्यौलतामा परेको बेला अब चार महिना भित्र काम पुरा गर्ने भन्दै डिपिआरको ड्राप्ट आएको र अध्ययनको काम जारी रहेको अधकृत पौडेलले बताए । आयोजनाले उक्त ड्राप्ट अध्ययन पश्चात कन्सलटेन्टलाई दिएर चार महिना भित्र फाइनल रिर्पोट बुझाउने बताएको छ ।
सुरुमा ४ मेगावाट विद्युत उत्पादन गर्न सकिने भनिएपनि अहिले ७.१ मेगावाट विद्युत उत्पादन हुने रिर्पोट आएको आयोजनाका इन्जिनियर पदम थापाले बताए । आयोजनाको आइइ पास भइसकेको छ । नलगाड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक विद्युत उत्पादन गर्ने उदेश्यले ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डिपिआर सकिएको छैन् ।
भेरी करिडोर अन्तरर्गत जाजरकोट –डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डिपिआर सम्पनन नगर्दा यहाँका स्थानीयवासीहरु आक्रोषित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागेपनि नलगाड जलविद्युत आयोजनाले उक्त आयोजना प्रदेशलाइ दिइएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ ।
उत्ता ३३ केभी प्रशारण लाइन अन्तरर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुन गइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।