२०८०, १७ आश्विन बुधबार

युवाहरुलाई नेतृत्व देउँ

प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन भर्खरै सकिएको छ । जति स्थानबाट निर्वाचनको परिणाम आएको छ, त्यस परिणामले के देखाउँछ भने मुलुकको राजनीतिमा अब युवाहरु जुर्मुराएका छन् । कांग्रेस र एमालेको कुरामात्र होइन, मुलुकका अन्य प्रभावशाली दलहरुमा पनि युवालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा बहस प्रारम्भ भएको छ । यसका केही संकेत पनि देखिएका छन् ।
सम्पूर्ण दलका वरिष्ठ नेताहरुले त अबका नयाँ पिँढीलाई राजनीति गर्दाको अनुभव, आगामी दिनमा चाल्नुपर्ने कदम, दललाई वास्तवमै राष्ट्र र जनताका लागि राजनीतिले निर्वाह गर्नुपर्ने भूमिका, पूरा गर्नुपर्ने दायित्व, आवश्यक सुझाव, सल्लाह, परामर्श तथा मार्गदर्शनजस्ता कार्य गरी जिम्मेवारी दिनु सबैभन्दा राम्रो कदम ठहरिनेछ, अनि पो कहिल्यै जनताबाट तिरस्कृत हुनुपर्दैन, सधैँ सम्मानित भएर बस्न पाइन्छ भनेर बुभ्mनुपर्ने होइन र ? त्यति मात्र होइन, वरिष्ठ नेताहरुको दायित्व त युवा नेतृत्वलाई सक्षम बनाएर राष्ट्रको भविष्य सुरक्षित पार्नुपर्ने होइन र ? अबको सरकार गठनमा समेत निर्वाचित युवालाई समाहित गर्नुपर्छ । यता कुनै पनि राजनीतिक दलमा प्रतिबद्ध युवा कार्यकर्ताले पनि सबै खाले विकृति तथा विसंगतिको अन्त्यका लागि दलभित्रै संघर्ष गर्न सक्नुपर्दछ ।