जुम्लामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु
सुर्खेत : जुम्लामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–९ उमगाड नजिकै भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर एक बालकको मृत्यु भएको हो ।
स्कुल बसको ठक्कर बाट अन्दाजी ११ वर्षका राजेश गिरीलाई ठक्कर दिँ दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । ‘बिहिबार अपरान्ह ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।’ उनले भने,‘बस र चालक प्रहरीको नियन्त्रणमा छ ।’
