२०८१, १९ बैशाख बुधबार

श्रृजनशीलको अध्यक्षमा सिंह

सुर्खेत, असोज १३। यहाँको वीरुेन्द्रनगरमा रहेको श्रृजनशील श्रमिक उपभोत्तःा सहकारी संस्था लि. को अध्यक्षमा महेन्द्रकुमार सिंह चयन भएका छन् ।
सहकारीको बुधबार सम्पन्न भएको चौथो वार्षिक साधारणसभाबाट सिंहको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा भिमलाल शर्मा, सचिवमा मिनबहादुर शाही, कोषाध्यक्षमा मनराज शाही चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी प्रसाद संज्याल, सुर्जा शाही र डिले परियार रहेका छन् ।

साधारणसभाबाटै तीन सदस्यीय लेखा समिति पनि निर्माण गरिएको छ । रतिमान सिंहको संयोजकत्वको लेखा समितिमा वीरुबहादुर रावत र सिंह दमाई सदस्य रहेका छन् ।  सहकारीको साधारणसभाले एक करोड एक लाख ७ हजार ६ सय बराबरको वार्षिक बजेट पनि पारित गरेको छ ।