२०८१, ८ जेष्ठ मंगलवार

मदिना अध्ययन केन्द्रको संचालक समिति गठन

majsidसुर्खेत, असोज १३ ।  यहाँको वीरेन्द्रनगरमा रहेको नेपाली शुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्रको संचालन समिति गठन गरिएको छ ।

महोमद हजरत बक्सको अध्यक्षतामा दुई सदस्य पछि मनोनित गर्ने गरी ११ सदस्यीय संचालक समिति गठन गरिएको सदस्य फजिर बक्सले जानकारी दिए । समितिको उपाध्यक्षमा नवि बक्स, कोषाध्यक्षमा जमाल बक्स, सचिवमा सज्जत खान र सहसचिवमा हुर्मान खान चयन भएका छन् ।

यस्तै सदस्यहरुमा फजिर बक्स, जम्मा बक्स, अकबर खान र महि मुदिन रहेका छन् । अध्ययन केन्द्रमा मुस्लिम धर्मग्रन्थ सम्बन्धी अध्ययन गराइने जनाइएको छ ।

सम्बन्धित समाचार