२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा पहिले माओवादी र एमालेका नेता मुख्यमन्त्री बन्न हानथाप, अहिले कांग्रेस र माओवादीका

सुर्खेत : २०७४ सालको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा मुख्यमन्त्री बन्नका लागि एमाले र माओवादी केन्द्रका धेरै नेताहरु आंकाक्षी भएर प्रदेशसभामा उम्मेदवारी दिएर विजयी भएका थिए । त्यो बेला एमाले र माओवादी मिलेर बामगठबन्धन बनाएर चुनावी तालमेल भएको थियो । बामगठबन्धन भएका कारणले एमाले माओवादीका कयौं नेताहरुले आफु मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशमा झरेका थिए । तर, उनीहरुको आंकाक्षा पुरा हुन पाएन् ।
अहिले केन्द्रमा बामलोकतान्त्रिक गठबन्धन बनेको छ । त्यो कर्णालीमा पनि कायमै रहेको छ । त्यसैले २०७९ सालको प्रतिनीधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादीबाट मुख्यमन्न्त्रीको दाबी गर्दै कयौं नेता तथा कार्यक्रता प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
२०७४ सालको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका यामलाल कँडेल, प्रकाश ज्वाला र गुलावजंग शाह लगाएतका नेताहरु मुख्यमन्त्री बन्नका लागि प्रदेशसभाको निर्वाचनमा लडेका थिए । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, नरेश भण्डारी र विन्दमान बिष्ट मुख्यमन्त्री बन्नका लागि प्रदेशमा झरेका थिए । तीमध्ये शाहीले मुख्यमन्त्री बने भने कँडेलले मुख्यमन्त्री बन्नका हरप्रयास सफल भएनन् । भण्डारी विष्ट र ज्वालाले मन्त्री पदमा नै चित्त बुझाए ।
बरु कांग्रेसका मुख्यमन्त्री बन्न रुची नै नभएर कर्णालीका बामगठबन्धन ‘क्लिन स्वीप’ गर्दा हुम्लाबाट विजयी भएका कांग्रेसका जीवनबहादुर शाहीलाई समयक्रमले मुख्यमन्त्रीको भूमिका दियो ।
त्यही भएर अहिले कर्णालीमा कांग्रेस, एमाले र माओवादीका धेरै नेताहरु मुख्यमन्त्रीको आंकाक्षासहित प्रदेशसभाको निर्वाचनमा होमिएका छन् ।
मुख्यमन्त्री बन्ने दाउमा कतिपय उम्मेदवार प्रतिनिधिसभा सदस्यको टिकट त्यागेर प्रदेशमा लागेका छन् ।
कांग्रेसका आंकाक्षी को को हुन्
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस भएका थिए । तर, उनले मुख्यमन्त्री बन्नका लागि हुम्लामा प्रदेशसभा नै रोजेका छन् ।
नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति रहेका ललितजंग शाहले पनि मुख्यमन्त्रीको बन्नका लागि जुम्लाबाट प्रदेशसभाको उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री बन्नका लागि जाजरकोटबाट राजिवविक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभा उम्मेदवारी दिएका छन् । उनी २०७० सालको निर्वाचन र २०७४ सालको निर्वाचनमा प्रतिनीधिसभाको निर्वाचन लडेका थिए ।
एमालेका को छन् आंकाक्षी
मुख्यमन्त्रीको आंकाक्षा राख्दै सुर्खेतका यामलाल कँडेल पुनः प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । कर्णाली प्रदेशसभाको ४० सांसदमध्ये २० सांसद एमालेका विजयी भएको भएपनि कँडेल मुख्यमन्त्री हुनबाट बञ्चित भएका थिए । तत्काललिन बामलोकतान्त्रिक गठबन्धन बनेका कारणले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेका थियो ।
त्यस्तै, मुख्यमन्त्रीका लागि एमालेका कर्णाली प्रदेशका अध्यक्ष विनोद शाह दैलेखबाट प्रदेशसभाको निर्वाचनमा होमिएका छन् ।
मुख्यमन्त्रीका लागि भन्दै हुम्लाबाट प्रतिनीधिसभा स्वतन्त्र उम्मेदवार जितेका छक्कबहादुर लामा चुनावको मुखैमा एमाले प्रवेश गरेर प्रदेशसभाको निर्वाचन लड्दै छन् ।
माओवादीबाट को को आंकाक्षी
माओवादीबाट रामकुमार शर्मा, विन्दमान विष्ट पनि मुख्यमन्त्रीको चर्चामा छन । शर्मा माओवादी कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष र जिल्ला समन्वय समिति रुकुम पश्चिमका पूर्वप्रमुख हुन् । उनी रुकुम पश्चिमबाट प्रदेशसभा क्षेत्र नं १ (२) बाट उम्मेदवार छन् । माओवादी नेता विन्दमान विष्ट पनि मुख्यमन्त्रीको आकांक्षी छन् । उनी सुर्खेत २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।
त्यस्तै, कालीको २०७४ सालको निर्वाचनमा प्रतिनीधिसभामा विजयी भएका दुर्गबहादुर रावतले पनि प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिएका छन् । उनले पनि मुख्यमन्त्री दावीसहित उम्मेदवारी दर्ता गरेका हुन् ।