२०७९, १८ मंसिर आईतवार

राजश्व छलेर ल्याएको ३४० बोरा चिनी बरामत

सुर्खेत : सुर्खेतको भेरी नगरपालिका–५ को बबईबाट ठुलो मात्रामा चिनी बरामत गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले ठूलो परिणाममा भारतबाट चोरी निकासी गरेर ल्याइएको चिनि नियन्त्रणमा हो ।
दश चक्के ट्रकमा टिकापुर लम्की हुँदै ल्याइएको ५० केजीका दरमा रहेको ३४० बोरा चिनी कात्तिक १६ गते भेरीगंगा नगरपालिका– ५ को बबईबाट नियन्त्रण लिई राजश्व अनुसन्धान शाखा बाँकेमा पठाएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले बताए । ‘हामीले कात्तिक १६ गते विहान अन्दाजी साढे आठ बजे दश चक्के भे१ख ३०४१ नम्बरको ट्रकमा तलासी गर्दा भारतबाट विना भन्सार चोरी छिपि ल्याउँदै गरेको ३४० बोरा चिनी नियन्त्रणमा लिएका हौं ।’ उनले भने, ‘वीरेन्द्रनगरकै एक व्यापारीले उक्त चिनी ल्याएको पाइएको थियो । हामीले उक्त गाडी र चिनीलाई राजश्व शाखामा सोही दिन पठाइसकेका छौं ।’
उनले उक्त चिनी रुपैडिहा नाकाबाट नआएको बताउँदै कैलालीबाट ल्याइएको बताए ।